तीन समूह ओरालो लाग्दा नेप्से स्थिर, तामाकोसीको बढी कारोबार

मङ्गलबार नेप्सेमा कारोबार भएका १० समूहमध्ये तीनबाहके सबै समूह सुधार भएका छन् । उत्पादनमूलक, फाइनान्स र जलविद्युत् बाहेकका समूहमा सुधार आएको हो । सबैभन्दा बढी जीवन बिमा समूहमा सुधार भएको छ ।

काठमाडौं । कारोबार सुरु भएदेखि नै घट्न थालेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) तीव्र उतराचढावबीच स्थिर अवस्थामा रोकिएको छ । ११६७ अङ्कबाट सुरु भएको नेप्से सूचक ५ अङ्कसम्म घटेको थियो ।

त्यसपछि लगातार उकालो लाग्दै ३ अङ्कको सुधारपछि फेरि ओरालो लाग्दै स्थिर रहेर बन्द भएको हो । १ सय ५६ कम्पनीका १० लाख २४ हजार कित्ता सेयर खरिदबिक्री भई २९ करोड २२ लाख रुपैयाँको कारोबार भएको छ ।

मङ्गलबार नेप्सेमा कारोबार भएका १० समूहमध्ये तीनबाहके सबै समूह सुधार भएका छन् । उत्पादनमूलक, फाइनान्स र जलविद्युत् बाहेकका समूहमा सुधार आएको हो । सबैभन्दा बढी जीवन बिमा समूहमा सुधार भएको छ ।

सेयर बजार स्थिर रहेको दिन मङ्गलबार समता माइक्रोफाइनान्स वित्तीय संस्थाको सेयर मूल्य करिब ४ प्रतिशतले बढेको छ भने कञ्चन विकास बैङ्कको सेयर मूल्य १० प्रतिशतले घटेको छ ।