२ः१ को अनुपातमा मिथिला लघुवित्तको हकप्रद माघ १७ देखि

कम्पनीले हाल कायम चुक्ता पुँजी ६ करोड ५९ लाख रुपैयाँको २ः१ का दरले हकप्रद निष्कासन गर्ने भएको हो ।

काठमाडौं । मिथिला लघुवित्त वित्तीय संस्थाले २ः१ को अनुपातमा हकप्रद सेयर निष्कासन गर्ने भएको छ । कम्पनीले हाल कायम चुक्ता पुँजी ६ करोड ५९ लाख रुपैयाँको २ः१ का दरले हकप्रद निष्कासन गर्ने भएको हो । १ सय रुपैयाँ अङ्कित ३ करोड २९ लाख ८८ हजार ९ सय रुपैयाँ बराबरको ३ लाख २९ हजार ८ सय ८९ कित्ता सेयर निष्कासन हुने भएको हो ।

१० करोड रुपैयाँ अधिकृत पुँजी रहेको मथिला लघुवित्तको हकप्रदपछि चुक्ता पुँजी ९ करोड ८९ लाख रुपैयाँ पुग्नेछ । कम्पनीको हकप्रद सेयर २०७५ वैशाख १ गतेभन्दा अघिल्लो दिनसम्म कायम सेयरधनीहरुले मात्र पाउने छन् ।