साल्ट ट्रेडिङको कारोबार खुला

नेप्सेले साल्ट ट्रेडिङलाई आवश्यक सूचना ढिला गरी नेप्सेमा जानकारी गराएको भन्दै कारोबारमा रोक लगाएको थियो ।

काठमाडौं । नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले साल्ट ट्रेडिङ कर्पोरेसनको फुकुवा खुला गरेको छ । नेप्सेले साल्ट ट्रेडिङलाई आवश्यक सूचना ढिला गरी नेप्सेमा जानकारी गराएको भन्दै कारोबारमा रोक लगाएको थियो । धितोपत्र कारोबारमा प्रभाव पार्ने खालका गतिविधि गर्दै आएका कम्पनीलाई नेप्सेले पटक पटक कारोबारमा रोक लगाउँदै आएको छ ।

सेयर बजारमूल्य प्रभाव पार्ने सूचनाहरु निर्णय हुनासाथ तत्काल नेप्सेलाई जानकारी गराउनु पर्छ । तर, उक्त कम्पनीले सो नगरेको र कानुनी प्रावधानअनुसार त्यस सङ्गठित संस्थाले कार्य नगरेकाले स्पष्टीकरण माग्दा पनि सन्तोषजनक जवाफ नदिएको जनाइएको छ ।