हिउँले छपक्कै कालिन्चोक, शैलुङ र खरिढुङ्गा

दोलखाका प्रमुख पर्यटकीय स्थल कालिन्चोकमा दुई फिटसम्म हिउँले ढाकेको छ । खरिढुङ्गा मुडे खण्डमा पनि बाक्लो हिउँ परेको छ ।

देशभर हिउँदे वर्षा भएसँगै दोलखाका उच्च भेगमा हिमपात भएको छ । कालिञ्चोक, शैलुङ, खरिढङ्गा तथा जिरीलगायत उच्च हिमाली भेगमा हिउँले रातिदेखि नै बाक्लो हिमपात भएको हो ।

दोलखाका प्रमुख पर्यटकीय स्थल कालिन्चोकमा दुई फिटसम्म हिउँले ढाकेको छ । खरिढुङ्गा मुडे खण्डमा पनि बाक्लो हिउँ परेको छ ।

त्यसैगरी शैलुङका थुम्काहरुमा हिउँले ढाकेको त्यहाँका स्थानीयको भनाइ छ । कालिन्चोक केबलकारका कार्यकारी निर्देशक अशोक शिवाकोटीले बक्लो हिउँ परिरहेको जानकारी दिए । उनका अनुसार अहिले कालिन्चोकको तापक्रम माइनसमा झरेको छ ।