नेप्सेमा तामाकोसीको सबैभन्दा बढी कारोबार, लगानीकर्ताले १८ रुपैयाँ कमाए

नेप्सेमा ११ समूहको कारोबार भई जीवन बिमा र उत्पादनमूलक समूह घटेको दिन अरु समूह भने उकालो लागेको छ । आज जीवन बिमा २७ अङ्कले तथा उत्पादनमूलक ३१ अङ्कले घटेको छ । त्यसबाहेक निर्जीवन बिमा सबैभन्दा बढी ५८ अङ्कले बढेको छ ।

काठमाडौं । बुधबार माथिल्लो तामाकोसी जलविद्युत् कम्पनीका सेयर लगानीकर्ताले प्रतिकित्ता १८ रुपैयाँ कमाएका छन् । सेयर कारोबार सुरु हुँदा प्रतिकित्ता २६० रुपैयाँमा कारोबार भएको तामाकोसीको सेयर १८ रुपैयाँले बढ्दै २७८ रुपैयाँ कायम भएको हो । आज तामाकोसीको ३ करोड रुपैयाँबराबरको सेयर किनबेच भएको छ ।

नेप्सेमा ११ समूहको कारोबार भई जीवन बिमा र उत्पादनमूलक समूह घटेको दिन अरु समूह भने उकालो लागेको छ । आज जीवन बिमा २७ अङ्कले तथा उत्पादनमूलक ३१ अङ्कले घटेको छ । त्यसबाहेक निर्जीवन बिमा सबैभन्दा बढी ५८ अङ्कले बढेको छ ।

आज सेयर बजार ४ अङ्कले बढेको दिन सबैभन्दा बढी सानिमा इक्विटी फन्डको सेयर मूल्य १० प्रतिशतले बढेको छ । यस्तै जोशी हाइड्रोपावरको सेयर मूल्य ५ प्रतिशतले घटेको छ । आज ११६८ अङ्कबाट सुरु भएको सेयर बजार ४ अङ्कले बढेर ११७२ अङ्क कायम भएको छ । अन्तिम दिन नेप्सेमा १ सय ६३ कम्पनीका १० लाख कित्ता सेयर खरिदबिक्री भई २४ करोड ७७ लाख रुपैयाँको कारोबार भएको छ ।