भरतपुरमा बन्ने भयो जेम्स वर्ल्ड फनपार्क

जेएम इन्टरनेसनल प्रालिले चितवन भरतपुर महानगरपालिका–४ लङ्कुमा जेम्स वर्ल्ड फनपार्क निर्माण गर्ने भएको हो ।

चितवनको भरतपुर महानगरपालिकामा जेम्स वर्ल्ड फनपार्क बन्ने भएको छ । जेएम इन्टरनेसनल प्रालिले चितवन भरतपुर महानगरपालिका–४ लङ्कुमा जेम्स वर्ल्ड फनपार्क निर्माण गर्ने भएको हो ।

मनोरञ्जनात्मक पार्कमा बालबालिकादेखि वृद्धवृद्धासम्मलाई समेत मनोरञ्जन दिने खेलका साधन हुने जनाइएको छ । संस्कृति, पर्यटन तथा नगरिक उड्डयन मन्त्रालयअन्तर्गत पर्यटन विभागबाट प्रस्तावित उक्त जेम्स पार्कको प्रारम्भिक वातावरणीय परीक्षण अध्ययन (आईईई) हुने क्रममा छ ।