फूलचोकीमा हिउँ खेल्नेको ताँती, गोदावरीदेखि जाम

अहिले पनि गोदावरीदेखि फूलचोकीसम्म नै मोटरसाइकल तथा गाडी लिएर जाने मानिसको ताँती लागेको छ । जति काठमाडौंमा जाम पर्छ त्यसभन्दा चार गुणा बढी जाम ललितपुरमा भएको छ ।

काठमाडौं । गत रातिदेखि परेको वर्षाका कारण देशभरका उच्च हिमाली भेगमा हिमपात भयो । काठमाडौंको चन्द्रागिरिदेखि ललितपुरको फूलचोकीमा भारी हिमपात भएको छ ।

तर, युवालाई हिउँको मोह यतिसम्म भयो कि आफ्नो सवारीसाधन भएकाहरु त जाने नै भए, भाडाका गाडी रिजर्भ गरेर समेत हिउँखेल्न चन्द्रागिरिदेखि फूलचोकीसम्म पुगे ।

अहिले पनि गोदावरीदेखि फूलचोकीसम्म नै मोटरसाइकल तथा गाडी लिएर जाने मानिसको ताँती लागेको छ । जति काठमाडौंमा जाम पर्छ त्यसभन्दा चार गुणा बढी जाम ललितपुरमा भएको छ ।

सयौँ युवा आफ्नो बाइक लिएर साँघुरो र चिप्लो बाटोमा हिउँको मोहले गएका छन् । ओभर ट्राफिक जाम र साँघुरो बाटोका कारण कति मानिस बीच बाटोबाटै फर्किएको हिउँ खेल्न फूलचोकी गएकी बन्दना बस्नेतले जानकरी दिइन् ।

हिउँको मोहका कारण मानिस हिँडेर पनि फूलचोकी पुगेको उनको भनाइ छ । हिउँका कारण चन्द्रागिरिमा पनि आज बुधबार पर्यटकको घुइँचो लागेको चन्द्रगिरि केबलकारका प्रबन्ध निर्देशक अभिषेकविक्रम शाहको भनाइ छ । विगतका दिनहरुभन्दा आज अत्यधिक मानिसको घुइँचो रहेको शाहले जानकारी दिए । यसका साथै कालिञ्चोक, शैलुङ, खरिढुङ्गा, लगाएतका स्थानमा हिउँले घुम्टो ओढेको छ ।तस्बिर रुटिङ् अफनेपाल बन्द