आशा लघुवित्त वित्तीय संस्थाको आईपीओ माघ १८ देखि, ३३७० कित्तासम्म आवेदन दिन पाइने

केयर नेपाल लिमिटेडले संस्थालाई केयर आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ । चालु आर्थिक वर्षदेखि संस्था नाफामा जाने आब्हानपत्रमा उल्लेख छ ।

काठमाडौं । आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले माघ १८ गतेदेखि साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । संस्थाले ६ करोड ७४ लाख रुपैयाँ बराबरको ६ लाख ७४ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेको हो ।

आईपीओ मध्ये जारी पुँजीको ०.५ प्रतिशत अर्थात १० हजार ३७० कित्ता कर्मचारी र ३३ हजार ७०० कित्ता सामूहिक लगानी कोषहरुलाई सुरक्षित गरिएको संस्थाले जनाएको छ । बाँकी ६ लाख २९ हजार ९३० कित्ता आईपीओ सर्वसाधारणलाई निष्कासन गरिएको छ ।

आईपीओ निष्कासन बन्द छिटोमा माघ २२ र ढिलोमा फागुन १९ गतेसम्म तोकिएको निष्कासन तथा बिक्री प्रवन्धक प्रभु क्यापिटल लिमिटेडले जनाएको छ । आईपीओ न्युनतम १० देखि अधिकतम ३ हजार ३७० कित्तासम्म भर्न पाइने छ । आईपीओ निष्कासनपछि चुत्तापुँजी २० करोड ७४ लाख रुपैयाँ पुग्ने छ । हाल चुत्तापुँजी १४ करोड रुपैयाँ मात्र छ ।

केयर नेपाल लिमिटेडले संस्थालाई केयर आईपीओ ग्रेड ४ प्रमाणपत्र दिएको छ । चालु आर्थिक वर्षदेखि संस्था नाफामा जाने आब्हानपत्रमा उल्लेख छ । चालु आर्थिक वर्षमा २३ लाख ४६ हजार, आगामी वर्ष ९८ लाख ३६ हजार र आव ०७७÷०७८ मा नाफा घटेर ८५ लाख रुपैयाँमा सीमित हुने आब्हानपत्रमा उल्लेख गरिएको छ । आउँदो ३ वर्षमा प्रतिसेयर आम्दानी बढेर ३२ रुपैयाँ ८५ पैसा पुग्ने संस्थाले जनाएको छ ।