पढ्नेलेख्ने तथा कलम समाउने हातले माटो समाउँदै (फोटो फिचर)

आफ्नो बासको बन्दोबस्त नभएका यी मजदुरहरु अरुको घर निर्माणका लागि इट्टा बनाउने र पोल्ने काम गर्दछन् । मजदुर बाबुआमासँग तिनीहरुका बालबच्चा पनि ती इट्टाभट्टामा काम गरिरहेको देख्न सकिन्छ ।

हेर्दा कुनै फिल्मको दृश्यजस्तो देखिने, चारैतिर धूलोधुवाँ, पुरुष, महिला तथा बालबालिकाहरु कोही इट्टा बनाउँदै, कोही खच्चडमा काँचो इट्टा लोड गरिरहेका त केही बालबालिकाहरु खच्चड र गाडाको पछाडि भागिरहेका ।

यी सम्पूर्ण दृश्य इट्टा भट्टामा काम गर्ने मजदुरहरुको दैनिकी हो । आफ्नो बासको बन्दोबस्त नभएका यी मजदुरहरु अरुको घर निर्माणका लागि इट्टा बनाउने र पोल्ने काम गर्दछन् । मजदुर बाबुआमासँग तिनीहरुका बालबच्चा पनि ती इट्टाभट्टामा काम गरिरहेको देख्न सकिन्छ ।

मिठो खाने, राम्रो लगाउने र पढ्नेलेख्ने तथा कलम समाउने हातहरुले माटो र इट्टा समातिरहेको देखिन्छ । ती बालबालिका, महिला तथा पुरुष सबैले समान रुपमा काम गर्दछन् इट्टाभट्टामा । उनीहरुलाई आफ्नो स्वास्थ्यको कुनै चिन्ता छैन, चिन्ता छ त बिहानबेलुका हातमुख जोड्न ।

तस्बिरः सुजन गुरुङ/नाजिया श्रेष्ठ