टौदह, जहाँ आँखाले विश्राम खोज्दैनन्

शान्त एवम् सफा वातावरण, हावाका सुस्केरा जसले हरेक व्यक्तिको मन लोभ्याइरहेको हुन्छ । सफा पोखरीको संरक्षणका लागि चारैतिरबाट लगाइएका फलामे बार, जसले सहजै थाहा पाइन्छ, तालको संरक्षणका लागि यहाँका स्थानीय एकजुट छन् ।

काठमाडौं कीर्तिपुर नगरपालिका–६ मा पर्दछ, टौदह । नीलो अनि सफा पानी, पानीमा खेलिरहेका हाँस, बकुल्ला र चारा हालेपछि खान आउने माछाको हुल यहाँ निकै आकर्षक देखिन्छन् ।

शान्त एवम् सफा वातावरण, हावाका सुस्केरा जसले हरेक व्यक्तिको मन लोभ्याइरहेको हुन्छ । सफा पोखरीको संरक्षणका लागि चारैतिरबाट लगाइएका फलामे बार, जसले सहजै थाहा पाइन्छ, तालको संरक्षणका लागि यहाँका स्थानीय एकजुट छन् ।

हिजोआज पोखरीमा पानीको मात्रामा केही घटेको छ । तर त्यसले यहाँको सुन्दरतामा प्रभाव पारेको छैन । यहाँको रमणीयता, सुन्दरतालाई अवलोकन एवम् महसुस गर्न काठमाडौं, ललितपुर, भक्तपुरलगायत स्थानबाट आन्तरिक पर्यटक आउने गरेका छन् ।