अघिल्लो साताको बिहीबार सेयर मूल्य उकालो लागेपछि अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया पुगेको थियो । यो साता ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब १ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।
काठमाडौँ । माथिल्लो तामाकोसीको सेयर मूल्यमा गिरावट आएपछि बजार पुँजीकरण पनि झण्डै ४ अर्ब रुपैयाँ घटेको छ । अघिल्लो साताको बिहीबार सेयर मूल्य उकालो लागेपछि अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको पूँजीकरण ३२ अर्ब ९३ करोड ४९ लाख रुपैया पुगेको थियो । यो साता ३ अर्ब ९१ करोड ८३ लाख रुपैयाँ घटेर २९ अर्ब १ करोड ६६ लाख रुपैयाँमा सीमित भएको छ ।
एक साताको अवधिमा अपर तामाकोसीका लगानीकर्ताले प्रतिकित्ता ३७ रुपैयाँ गुमाएका छन् । अघिल्लो साता बिहीबार माथिल्लो तामाकोसीको सेयर प्रतिकित्ता ३११ रुपैयाँ थियो । यो साता घटेर २७४ रुपैयाँमा झरेको छ । सेयर मूल्यमा आएको गिरावटले माथिल्लो तामाकोसी उत्कृष्ट १० कम्पनीको सूचीबाट हटेको छ । गत आईतबारदेखि तामाकोसीको सेयर मूल्य निरन्तर ओरालो लागेको छ ।
गत पुस २९ गतेदेखि दोस्रो बजारमा सो कम्पनीको सेयर कारोबार शुरु भएको हो । कम्पनीको १० करोड ५९ लाख कित्ता सेयर नेप्सेमा कारोबारका लागि सूचीकरण भएको छ । दोस्रो बजारमा माथिल्लो तामाकोसीको सेयर कारोबार गत पुस २९ गते आइतबारदेखि प्रतिकित्ता २२४ रूपैयाँमा खुलेको थियो ।
यस साता १ अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ रुपैयाँ बराबरको सेयर कारोबार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता सेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ । यस साता सबैभन्दा बढी माथिल्लो तामाकोसीको सेयर किनबेच भएको छ ।
साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक ८. ६० विन्दुले घटेर एक हजार १७९.१७ बिन्दुमा झरेको थियो । उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता सेयर ३६ करोड ४५ लाख ३८ हजार ७३६ रुपैयाँमा खरीद बिक्री भएको थियो ।
यस्तै साताको दोस्रो दिन सोमबार नेप्से परिसूचक १०.८६ बिन्दुले घटेर एक हजार १६८ बिन्दुमा झ¥यो । कूल १६६ कम्पनीको १२ लाख ६५ हजार ७८६ कित्ता सेयर ३६ करोड ७७ लाख ६ हजार ६३८ रुपैयाँ खरीद बिक्री भएका छन् ।
त्यस्तै साताको तेस्रो दिन कारोवार मापक नेप्से परिसूचक ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुग्यो । सो दिन कूल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता सेयर २९ करोड २२ लाख १४ हजार ३४५ रुपैयाँ खरीद बिक्री भएको थियो ।
गत बुधबार कारोवार मापक नेप्से परिसूचक ४.१५ बिन्दुले बढेर एक हजार १७२.९८ बिन्दुमा पुग्यो । उक्त दिन कूल १६३ कम्पनीको १० लाख दुई हजार १०७ कित्ता सेयर २४ करोड ७७ लाख ४३ हजार १५५हजार रुपैयाँ खरीद बिक्री भएका छन् ।
यस्तै साताको अन्तिम दिन कारोवार मापक नेप्से परिसूचक ०.२ बिन्दुले घटेर एक हजार १७२.७८ बिन्दुमा पुगेर बजार बन्द भयो । सो दिन कूल १५८ कम्पनीको ८ लाख ७४ हजार ८४ कित्ता शेयर रु २६ करोड ८८ लाख ६५ हजार ८०९ रुपैयाँमा खरीद बिक्री भए ।