केही दिनदेखि काठमाडौंलगायत देशभर मौसममा खराबी आएपछि बिहानको उडान अवरुद्ध हुँदै आएको थियो । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने बताए ।
काठमाडौं । मौसम खराबका कारण बिहानैदेखि उडान अवरुद्ध भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको उडान सुरु भएको छ । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले मौसम खुला भएसँगै आन्तरिक र वाह्य दुवै उडान सुरु भएको जानकारी दिए ।
केही दिनदेखि काठमाडौंलगायत देशभर मौसममा खराबी आएपछि बिहानको उडान अवरुद्ध हुँदै आएको थियो । विमानस्थलका एयर ट्राफिक कन्ट्रोलर (एटीसी) प्रमुख सीताराम भण्डारीले बिहान पूर्णरुपमा बन्द रहेको विमानस्थलको उडान अवतरण १६ सय मिटर भिजिबिलिटी आवश्यक पर्ने बताए । उनका अनुसार एक हजार मिटर भिजिबिलिटीमा हेलिकोप्टरले मात्र उडान गर्न सक्छन् । अन्तर्राष्ट्रिय उडानका लागि भिजिबिलिटी ८०० भए पनि पुग्छ तर अवतरणका लागि अवस्था र जहाजको प्रकृति हेरिकन सानो जहाजलाई १६ सयदेखि ३२ सय मिटर भिजिबिलिटीमा सबै किसिमका जहाज अवतरण गर्न सकिन्छ ।
आन्तरिक उडानतर्फ साना जहाजका लागि १६ सय मिटर भिजिबिलिटी चाहिन्छ । अन्तर्राष्ट्रिय विमानस्थलबाट आन्तरिकतर्फ १० हेलिकोप्टरसहित २० र अन्तर्राष्ट्रिय उडानमा तीन नेपालीसहित २९ ओटा वायुसेवाप्रदायक कम्पनीले हवाइ सेवा सञ्चालन गर्दै आएका छन् ।