नेपाल एसबीआई बैङ्कको नाफा १२ प्रतिशत बढेर १०२ अर्ब पुग्यो

बैङ्कले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुससम्मको वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवमा नाफा ११ करोड रुपैयाँ बढेको छ ।

काठमाडौं । चालू आर्थिक वर्षको दोस्रो त्रैमासमा नेपाल एसबीआई बैङ्कको नाफा १२ प्रतिशत बढेको छ । बैङ्कले गत पुससम्म १ अर्ब २ करोड रुपैयाँ खुदनाफा गरेको छ । गत आर्थिक वर्षको सोही अवधिमा बैङ्कले ९१ करोड ३० लाख रुपैयाँ नाफा गरेको थियो ।

बैङ्कले आइतबार सार्वजनिक गरेको चालू आर्थिक वर्षको पुससम्मको वित्तीय विवरणअनुसार गत आवको तुलनामा चालू आवमा नाफा ११ करोड रुपैयाँ बढेको छ । समीक्षा अवधिमा बैङ्कको खुदब्याज आम्दानी बढेर २ अर्ब १८ करोड ८३ लाख रुपैयाँ पुगेको छ । गत आवको सोही अवधिमा ब्याज आम्दानी १ अर्ब ८८ करोड ४७ लाख रुपैयाँ थियो ।

निष्क्रिय कर्जा ०.१३ प्रतिशतमा झरेकाे छ । निक्षेप लागत ५.९१, कर्जा निक्षेप अनुपात ७७.७७ र आधार दर ९.८२ प्रतिशत रहेको बैङ्कले जनाएको छ । प्रतिसेयर आम्दानी २४ रुपैयाँ २१ पैसा पुगेको छ ।

समीक्षा अवधिमा बैङ्कले ९७ अर्ब ८३ करोड रुपैयाँ निक्षेप परिचालन गरेर ९० अर्ब ९२ करोड रुपैयाँ कर्जा प्रवाह गरेको छ । गत आवको सोही अवधिमा ८५ अर्ब १६ करोड रुपैयाँ निक्षेप र ७१ अर्ब ३४ करोड रुपैयाँ कर्जा लगानी थियो । बैङ्कको सञ्चित कोषको आकार पनि बढेर ४ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।