विद्यार्थीले गरे चित्रकला प्रदर्शनी (फोटो फिचर)

माघ ९ देखि जारी प्रदर्शनी माघ १४ सम्म सञ्चालन हुनेछ । प्रदर्शनीमा हरिओम मेहता, कुमार दोर्जे तामाङ, निशा महर्जन, रामचन्द्र महर्जन, रस्त्र कार्की, सन्जोस राई, सुरेश बस्नेत, सुरक्षा वाग्ले, सुरज जङ्ग सुवेदी र टीबी थापा मगरलगायतका चित्र छन् ।

कलाले हाम्रो समाज र सामाजिक पक्षलाई मूर्त दिन्छ । सामाजिक सद्भाव, एकतादेखि समाजका विकृतिविसङ्गति एवम् अन्यायलाई पनि कलाकारहरुले सुन्दर किसिमले प्रस्तुत गरेका हुन्छन् ।

यसैअन्तर्गत काठमाडौं बबरमहलस्थित नेपाल कला परिषद्मा त्रिभुवन विश्वविद्यालय, कीर्तिपुरका ललितकला केन्द्रीय विभागमा चौथो सेमेस्टर पूरा गरेका नयाँ पुस्ताले आयोजना गरेको ‘सँगालो’ नामक सामूहिक चित्रकला प्रदर्शनी गरेका छन् ।