काठमाडौं । साताको पहिलो दिन आईतबार सेयर बजार दोहरो अङ्कले घटेको छ । आइतबार सेयर बजार १०.६८ अङ्क घटेर नेप्से परिसुचक १ हजार १६२ मा झरेको छ ।
बजार घटेपछि बैंक, होटल, जलविद्यूत, वित्त, उत्पादनमुलक लगायत सबै परिसुकक राताम्यै भएका छन् । बजार घटेपछि कारोबार रकममा पनि कमी आएको छ ।
आईतबार ३४ करोड रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । आइतबार अघिल्लो साताको जस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको सबैभन्दा बढी सेयर कारोबार भएको छ । अपर तामाकोसीको प्रतिकित्ता २६७ रुपैयाँमा ३ करोड २४ लाख ६३ हजार रुपैयाँको सेयर किनबेच भएको छ । तामाकोसीका लगानीकर्ताले प्रतिकित्ता ७ रुपैयाँ गुमाएका छन् ।