संस्था मर्जर हुँदाको समयमा कूल ७६ करोड ६१ लख १५ हजार सञ्चित नोक्सानी रहेकामा मर्जपछि २०७५ साल असारसम्म संस्थाको कूल सञ्चित नोक्सानी २५ करोड २६ लाख ४४ हजार रुपैयाँमा सीमित हुन आएको छ ।
खस्यौली । बुटवलको ग्रामीण विकास लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई लाभांश नदिने भएको छ । आर्थिक वर्ष २०७४/७५ मा मर्जरको बेला कायम रहेको सञ्चित नोक्सानीको अंश पूरा नभएकाले लाभांश नदिने भएको हो ।
“सेयरधनी सदस्यलाई लगानीको उचीत प्रतिफल दिनुपर्छ भन्ने विषयमा संस्थाको सञ्चालक समिति र व्यवस्थापन सदैव प्रतिबद्ध तर सञ्चित नोक्सानी कम हुँदै गए पनि पूरा नभएकाले लाभांश दिन सकिएको छैन,” संस्थाका अध्यक्ष मणिकरत्न शाक्यले भने ।
उनले संस्थाको पूँजी वृद्धिका लागि पचास प्रतिशत हकप्रद सेयर जारी गर्ने कार्य अघि बढाइएको उल्लेख गर्दै हकप्रद सेयर जारीपछि चुक्ता पूँजी ९८ करोड २५ लाख रुपैयाँ पुग्ने बताए। संस्थाको चुक्ता पूँजी ६५ करोड ५० लाख रुपैयाँ रहेको छ ।
संस्था मर्जर हुँदाको समयमा कूल ७६ करोड ६१ लख १५ हजार सञ्चित नोक्सानी रहेकामा मर्जपछि २०७५ साल असारसम्म संस्थाको कूल सञ्चित नोक्सानी २५ करोड २६ लाख ४४ हजार रुपैयाँमा सीमित हुन आएको छ । गत वर्षको तुलनामा नाफामा १२.६५ प्रतिशतले वृद्धि भएको छ । रासस