युएस बंगला दुर्घटना : पाइलट मुख्य दोशी

जहाज दुर्घटना भएपछि पर्यटन मन्त्रालयले छानविनका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले बुझाएको प्रतिवेदनमा पाइलट मुख्य दोशी रहेको ठहर गरेको छ ।

काठमाडौ : युएस बंगला एयरलाइन्सको जहाज दुर्घटना भएको करिब १ बर्ष पछि जाँचबुझ आयोगले अन्तिम प्रतिवेदन बुझाएको छ । प्रतिवेदनमा मुख्य दोशी पाइलट रहेको ठहर गरेको छ।

आइतबार संस्कृती,पर्यटन तथा नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीलाई प्रतिवेदन बुझाएका हुन् । युएस बंगला एयरलाइन्सको जहाज २०७४ साल फागुन २८ गते काठमाडौंमा दुर्घटना भएको थियो । ढाकाबाट काठमाडौंका लागि उडेको उक्त जहाज त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा जहाज अवतरणको क्रममा भएको दुर्घटनामा ५१ जनाले ज्यान गुमाएका थिए ।

जहाज दुर्घटना भएपछि पर्यटन मन्त्रालयले छानविनका लागि पूर्व सचिव यज्ञप्रसाद गौतमको संयोजकत्वमा समिति गठन गरेको थियो ।
समितिले बुझाएको प्रतिवेदनमा पाइलट मुख्य दोशी रहेको ठहर गरेको छ । पाइलले तत्कालिन अवस्थामा सावधानी नपअनाएको,रनवेको एलाइन छाडेको, क्रू टिममा गम्भिर समस्या देखिएको उल्लेख छ। पाइलट अविद सुल्तानले ककपिटभित्रै चुरोट सेवन गरेको जनाएको छ ।

छानविन समितिका सदस्य एवंम पर्यटन मन्त्रालयका सह सचिव बुद्धि सागर लामिछानेले जहाज ल्यान्ड गर्ने अन्तिम समयसम्म पनि जहाज ल्यान्ड नगरी डाइर्भट गर्न सक्ने अवस्थमा रहदा रहदै जबरजस्ती जहाज ल्यान्ड गर्न खोज्दा दुर्घटना भएको पाइएको बताए ।