हेलिकप्टर सोसाइटी अफ नेपालले भन्यो— फेक रेस्क्युमा हाम्रो सहभागिता छैन

काठमाडौंमा सोमबार गरिएको पत्रकार सम्मेलनमा एसोसिएसनले भनेको छ, ‘फेक रेस्क्यु होइन, हामीले सर्च एन्ड रेस्क्यु गर्छाैं ।’

हेलिकप्टर सोसाइटी अफ नेपालले फेक रेस्क्युमा आफूहरुको सहभागिता नरहेको बताएको छ । काठमाडौंमा सोमबार गरिएको पत्रकार सम्मेलनमा सोसाइटीले भनेको छ, ‘फेक रेस्क्यु होइन, हामीले सर्च एन्ड रेस्क्यु गर्छौं ।’

संसारले आफूहरुलाई सम्मान गरिरहेको बेला सरकारले उल्टै आरोप लगाएको उसको भनाइ छ । त्यसैले सोसाइटीले रेस्क्युबारे नीति बनाउनु आवश्यक रहेको पत्रकार सम्मेलनमा बताइएको छ ।
सरकारले नीति बनेको अवस्थामा भने आफूहरु सोहीअनुसार रेस्क्यु गर्न तयार रहेको उसको भनाइ छ ।

सरकारले आफूहरुसँग छलफल गरेर हेलिप्याड निर्माण गर्न चाहे त्यसमा सघाउने सोसाइटीको प्रतिबद्धता छ । बिमाका लागि पनि आफूहरु सहकार्य गर्न तयार रहेको उसको भनाइ छ ।

बिचौलियाका कारण हेलिकप्टर कम्पनीले वास्तविक नपाएको सोसाइटीको दाबी छ ।