अध्यक्ष थापाले पर्यटक उद्धारमा हेलिकप्टर कम्पनीको संलग्नता रहे पनि ठगी प्रकरणमा भने सहभागिता नरहेको स्पष्ट पारेका छन् । ‘हामी फेक रेस्क्युमा हैन, सर्च रेस्क्युमा लागेका हुन्छौं,’ अध्यक्ष थापाले भने, ‘ अनावश्यक आरोप लगाएर हाम्रो उद्योगलाई बदनाम गर्न खोजिएको छ, सबै सचेत हुन आवश्यक छ ।’
काठमाडौ । हेलिकप्टर सोसाइटी अफ नेपालका अध्यक्ष क्याप्टेन रामेश्वर थापाले फेक रेस्क्युका मुख्य दोषी इन्स्योरेन्स कम्पनीका एजेन्टहरु भएको दाबी गरेका छन् । पछिल्लो समय पर्यटक उद्धारमा ठगी गरेको भन्दै केही हेलिकप्टर कम्पनीहरुको नाम जोडिएसँगै सोसाइटीले पत्रकार सम्मेलन गरी अध्यक्ष थापाले यस्तो दाबी गरेका हुन् ।
अध्यक्ष थापाले पर्यटकको स्वास्थ्य समस्या तथा अन्य विपद पर्दा गरिने उद्धारका नाममा हुने गरेका कुनै पनि अनधिकृत क्रियाकलापमा संस्थाका कुनै पनि सदस्यहरुको संलग्नता नरहेको बताए । उनले रेस्क्युको प्रक्रियामा हेलिकप्टर कम्पनीहरुको काम केवल उद्धार गर्ने मात्र हुने जानकारी दिए । त्यसबापत लिइने शुल्क उद्धारको आदेश गर्ने कम्पनीहरुबाट लिने गरेको समेत उनले बताए । इन्स्योरेन्स कम्पनीहरुले हेलिकप्टर अपरेटरहरुलाई प्रत्यक्ष उडान आदेश नदिने हुनाले पटक पटक अवाञ्छनीय आरोप लगाई समाचार प्रकाशन गर्नुले केही सीमित व्यक्तिहरुको ठूलो खेल रहेको अध्यक्ष थापाको भनाइ छ । इन्स्योरेन्स कम्पनीले नै ४÷५ ओटा एजेन्ट राखेको पाइएको थापाले बताए ।
अध्यक्ष थापाले पर्यटक उद्धारमा हेलिकप्टर कम्पनीको संलग्नता रहे पनि ठगी प्रकरणमा भने सहभागिता नरहेको स्पष्ट पारेका छन् । ‘हामी फेक रेस्क्युमा हैन, सर्च रेस्क्युमा लागेका हुन्छौं,’ अध्यक्ष थापाले भने, ‘ अनावश्यक आरोप लगाएर हाम्रो उद्योगलाई बदनाम गर्न खोजिएको छ, सबै सचेत हुन आवश्यक छ ।’
हेलिकप्टर कम्पनीले विभिन्न एजेन्टहरुले भनेअनुसारका बिरामी उनीहरुले नै भनेको स्थानसम्म पु¥याउने हुनाले कोही कसैसँग मिलेमतो गर्ने अवसर नै नमिल्ने उनको भनाइ छ । इन्स्योरेन्स कम्पनीबाट सिधै एजेन्टहरुलाई खबर हुने र एजेन्टमार्फत मात्र हेलिकप्टर कम्पनीलाई खबर हुने भएकाले फेक उद्धारमा आफूहरु कुनै पनि प्रक्रियाबाट सहभागिता नजनाएको थापाले स्पष्ट पारेका छन् ।
उद्धार कार्यमा संलग्न सीमित व्यक्ति, सङ्घसस्थाको खराब आचरण तथा गैरकानुनी क्रियाकलापका कारण नेपालको पदयात्रा तथा पर्वतारोहणको क्षेत्र स्वदेश एवम् विदेशमासमेत बदनाम हुने, नकारात्मक असर पर्ने, पर्यटन व्यवसायमा संलग्न लाखौं नेपालीको लगानी डुब्ने, पेशा व्यवसाय सङ्कटमा परी बेरोजगार बन्नुपर्ने तथा राष्ट्रिय अर्थतन्त्रमा विभिन्न समस्या उत्पन्न हुन सक्ने हेलिकप्टर सोसाइटीको ठहर छ ।
सोसाइटीका अध्यक्ष थापाले फेक रेस्क्यु हुनबाट जोगाउन इन्स्युरेन्स कम्पनीहरुले सिधै हेलिकप्टर कम्पनीमा फोन गर्न आग्रह गरेका छन् । उनले इन्स्युरेन्सले एजेन्टमार्फत हेलिकप्टर बुकिङ गर्दा बिचौलियाहरुले बढी फाइदा लिने गरेका कारण यसबाट बच्न सम्बन्धित निकायलाई अनुरोध गरेका छन् । पछिल्लो समय बजारमा हेलिकप्टर कम्पनीको नक्कली बिल बनाएर इन्स्युरेन्स कम्पनीमा बिमा दाबी गर्ने गरेको हुन सक्ने उनको आशङ्का छ । उनले उद्धारका लागि आवश्यक परेमा पर्यटन मन्त्रायलयले सार्वजनिक गरेको दररेटमै आफूहरु पर्यटक उद्धार गर्न तयार रहेको बताएका छन् ।
पर्यटक खोज तथा उद्धारमा ठगी गरेको समचाारहरु सार्वजनिक भएसँगै पर्यटनमन्त्री रवीन्द्र अधिकारीले छानबिन समिति बनाएका थिए । समितिले मन्त्रालयलाई बुझाएको प्रतिवेदनमा विदेशी मुद्रा कारोबार गर्ने अनुमति नलिएको तर पर्यटकवापत उद्धार भाडाबापत विदेशी मुद्रामा भुक्तानी दाबी गरेको विवरण पेश गर्ने ५ ओटा कम्पनीलाई राष्ट्र बैङ्कबाट विदेशी विनिमय ऐनअनुसार छानबिन गर्न, उद्धारका क्रममा महँगो शुल्क लिने ६ अस्पताललाई स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट छानबिन गरी कारबाही गर्न, महँगोमा उद्धार गर्ने ८ ट्राभल, ४ अस्पताल तथा ३ हेलिकप्टर कम्पनीलाई राजस्व चुहावटअनुसार छानबिन गरी कारबाही गर्न राजस्व अनुसन्धान विभागलाई पत्राचार गरिसकेका छन् ।