काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क नलिने भएका छन् । नेपाल रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) को सोमबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो । ग्राहकको विरोध र असन्तुष्टिका कारण सेवा शुल्क नलिन निर्णय गरिएको रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले जानकारी दिए । उनले काठमाडौं, चितवन र सौराहाका रेष्टुरेन्ट व्यवसायीले सेवा शुल्क...
काठमाडौं । रेष्टुरेन्ट व्यवसायीले ग्राहकबाट लिदै आएको १० प्रतिशत सेवा शुल्क नलिने भएका छन् । नेपाल रेष्टुरेन्ट एन्ड बार एसोसियसन नेपाल (रेबान) को सोमबार सम्पन्न भेलाले यस्तो निर्णय गरेको हो ।
ग्राहकको विरोध र असन्तुष्टिका कारण सेवा शुल्क नलिन निर्णय गरिएको रेबानका अध्यक्ष प्रमोदकुमार जैसवालले जानकारी दिए । उनले काठमाडौं, चितवन र सौराहाका रेष्टुरेन्ट व्यवसायीले सेवा शुल्क नलिने बताएका छन् । अब ग्राहकले १० प्रतिशत अतिरित्त शुल्क तिर्न नपर्ने भएको छ ।
सरकारले लिने मूल्य अभिवृद्धि कर (भ्याट) लिने तर सेवा शुल्क बापत १० प्रतिशत शुल्क नलिने रेष्टुरेन्ट एन्ड बार एसोसिएसन नेपालले निर्णय गरेको हाे । ‘होटल तथा रेष्टुरेन्टको खाना महँगो हुनुमा १३ प्रतिशत भ्याट र १० प्रतिशत सेवा शुल्क मुख्य कारण हुन्,’ रेबानका महासचिव अरनिकाे राजभण्डारीले भने, ‘मेनुमा १० प्रतिशत मूल्य जोड्दा उपभोक्तालाई ठूलो आर्थिक भार पर्न जाने भएकाले यस्तो गरिएको हो ।’