जनउत्थान सामुदायिक लघुवित्तले २० प्रतिशत बोनस सेयर दिने

सञ्चालक समितिले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५७ लाख ६० हजार रुपैयाँ बराबर बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको हो ।

काठमाडौं । जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडले सेयरधनीलाई २० प्रतिशत बोनस सेयर दिने प्रस्ताव गरेको छ ।
संस्थाको सोमबार बसेको सञ्चालक समितिले गत आर्थिक वर्षमा गरेको नाफाबाट सेयरधनीलाई ५७ लाख ६० हजार रुपैयाँ बराबर बोनस सेयर बितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंक र वार्षिक साधारणसभाबाट पारित भएपछि बोनस सेयर वितरण हुने छ ।