यस्तै सेयर बजार ३.८९ अंक घटेर १ हजार १६१ अंकमा सीमित भएको छ । मंगलबार वित्त र उत्पादनमुलक बाहेक, बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युतलगायत सबै क्षेत्रको परिसुचक घटेको छ ।
काठमाडौं । सेयर बजार घटेका बेला प्रभु बैंकको संस्थापक (प्रमोटर) सेयर बढी कारोबार भएको छ । बैंकको संस्थापक सेयर प्रतिकित्ता १५० रुपैयाँमा ३ करोड ५७ लाख १५ हजार रुपैयाँमा किनबेच भएको छ । मंगलबार प्रभुको २ लाख ३८ हजार १०० रुपैयाँमा संस्थापक सेयर किनबेच भएको छ ।
यस्तै माथिल्लो तामाकोसीको सेयर मूल्य घटेर प्रतिकित्ता २६० रुपैयाँमा झरेको छ । सोमबारको तुलनमा मंगलबार तामाकोसीको सेयर मूल्य प्रतिकित्ता ७ रुपैयाँ घटेको हो । तामाकोसीको २ करोड ४९ लाख ६४ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।मंगलबार ३० करोड ८० लाख १४ हजार रुपैयाँको सेयर कारोबार भएको छ ।
यस्तै सेयर बजार ३.८९ अंक घटेर १ हजार १६१ अंकमा सीमित भएको छ । मंगलबार वित्त र उत्पादनमुलक बाहेक, बैंक तथा वित्तीय संस्था, होटल, जलविद्युतलगायत सबै क्षेत्रको परिसुचक घटेको छ । बजार घटेपछि जनसेवी सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेड, मिथिला लघुवित्त वित्तीय संस्था लिमिटेड र युनाइटेड मोदी हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।