सोमबार अधिकांश समय नेप्से परिसूचक सकारात्मक देखिएको भए पनि कारोबार बन्द हुँदा भने घटेर बन्द भयो । कारोबार सुरु हुँदा १४०२.६७ अङ्कमा रहेको नेप्से ०.५८ अङ्कले घटेर बन्द हुँदा १४०२.०९ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा देखिएको निरन्तरको गिरावटले लगानीकर्ताको आत्मबल कमजोर भएको देखिन्छ । बजार सूचकसँगै कारोबार रकममा आएको गिरावटले तत्काल बजार फर्किने अवस्थामा देखिँदैन ।
सोमबार पनि बजार सूचक नकारात्मक नै भएर बन्द भएको छ । नेप्से परिसूचक समान्य अङ्कले घटेको भए पनि कारोबार रकममा भने उल्लेख्य कमी आएको छ । आइतबार ५० करोड रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेमा सोमबार घटेर ३६ करोडमा सीमित भएको छ । सोमबारको कारोबार रकम नेप्सेको औसत दैनिक कारोबार रकमभन्दा निकै थोरै हो ।
बजार सूचकसँगै कारोबार रकममा पनि आएको गिरावटले सेयर लगानीकर्ता तत्काल लगानी बढाउने अवस्था देखिँदैनन् । सूचीकृत कम्पनीको पुस मसान्तको वित्तीय विवरणका आधारमा लगानी बढाउने अपेक्षमा रहेका लगानीकर्ताका लागि पनि उत्साहित हुने खालको विवरण प्रकाशित भएको छैन । केही कम्पनीले दोस्रो त्रैमासको विवरण सार्वजानिक गरेको भए पनि उत्साहजनक भने छैन ।
सोमबार अधिकांश समय नेप्से परिसूचक सकारात्मक देखिएको भए पनि कारोबार बन्द हुँदा भने घटेर बन्द भयो । कारोबार सुरु हुँदा १४०२.६७ अङ्कमा रहेको नेप्से ०.५८ अङ्कले घटेर बन्द हुँदा १४०२.०९ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले घटेको छ ।
नेप्सेका कारोबार भएका विकास बैङ्क ०.५२, वित्त २.०५, बिमा १८.६५, अन्य ४.३ र लघुवित्त १३.२९ अङ्कले घटेका छन् । तर, सोमबार बैङ्किङ ०.८३, व्यापार १०.२२, होटल ०.५६, जलविद्युत् २३.४३ र उत्पादनमूलक समूह ३.४१ अङ्कले घटेका छन् । नेप्सेमा १६३ कम्पनीको ३ हजार ९ सय ३३ कारोबारबाट ३६ करोड ६४ लाख रुपैयाँ बराबरको ९ लाख ५४ हजार ६ सय ३० कित्ता सेयर किनबेच भएको छ ।