पर्यटक उद्धारसम्बन्धी भ्रामक समाचार आएको भन्दै नाट्टाको ध्यानाकर्षण

मङ्गबलबार विज्ञप्ति जारी गर्दै नाट्टाले भ्रमण वर्ष २०२० लाई समेत प्रभाव पार्ने गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रायोजित रुपमा समाचारहरु आएको प्रति आपत्ति जनाएको छ ।

काठमाडौं । पर्यटक खोज तथा उद्धारसम्बन्धी भ्रामक समाचार आएको भन्दै नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट (नाट्टा)ले ध्यानाकर्षण भएको जनाएको छ । मङ्गबलबार विज्ञप्ति जारी गर्दै नाट्टाले भ्रमण वर्ष २०२० लाई समेत प्रभाव पार्ने गरी राष्ट्रिय एवम् अन्तर्राष्ट्रिय मिडियाहरुमा प्रायोजित रुपमा समाचारहरु आएको प्रति आपत्ति जनाएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले बनाएको पर्यटक खोज, उद्धार, उपचार तथा अनुगमनसम्बन्धी कार्यविधि २०७५ लागू गरिसकेको अवस्थामा ठगीसम्बन्धी आएका समाचारप्रति ध्यानाकर्षण भएको जनाएको छ ।

पर्यटकीय सिजन सुरु हुने बेलामा पुनः यस्ता प्रमाणबेगरका समाचारहरु आएको र नेपाली पर्यटन व्यवसाय खासगरी साहसिक पर्यटनका लागि हितकार नभएको भन्दै पर्यटन व्यवसायीहरु चिन्तित भएको बताएका छन् । नाट्टाका अध्यक्ष सीएन पाण्डेद्वारा हस्ताक्षरित विज्ञप्तिमा यस्ता किसिमका भ्रामक समाचारविरुद्ध सरकारले तत्कालै हस्तक्षेप गर्न अनुरोध गरेका छन् । विज्ञप्तिमा पर्यटन क्षेत्रमा हुने ठूलो क्षतिबाट जोगाउन सरकारलाई आग्रहसमेत गरिएको छ ।