ऋणपत्र बिक्री नभएपछि एनआईसी एसिया बैङ्कले फागुन १३ सम्म म्याद थप्यो, लगानीकर्ताले विश्वास नगरेकै हुन् त ?

बैङ्कले गत आइतबारदेखि ४ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र बिक्री नभएकाले म्याद थप गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

काठमाडौं । एनआईसी एसिया बैङ्कले निष्कासन गरेको ऋणपत्र (डिबेञ्चर) बिक्री नभएपछि म्याद थप गरिएको छ । बैङ्कले ऋणपत्र निष्कासनको म्याद फागुन १३ गतेसम्मलाई थप गरेको छ । बैङ्कले ऋणपत्र बिक्री बन्द छिटोमा बुधबारसम्म तोकेको थियो । निर्धारित समयमा पनि बिक्री नहुने अवस्था आएपछि झण्डै एक महिना म्याद थप गरिएको बैङ्कले जनाएको छ ।

बैङ्कले गत आइतबारदेखि ४ अर्ब रुपैयाँ बराबरका प्रतिकित्ता १ हजार रुपैयाँ दरका ४० लाख कित्ता ऋणपत्र निष्कासन गरेको हो । ऋणपत्र बिक्री नभएकाले म्याद थप गरिएको निष्कासन तथा बिक्री प्रबन्धक नेपाल एसबीआई मर्चेन्ट बैंकिङ्ग लिमिटेडले जनाएको छ ।

बैङ्कले आगामी आर्थिक वर्ष ०८५/०८६ सम्म १० वर्षका लागि निष्कासन गरिएको ऋणपत्रको ब्याजदर १० प्रतिशत छ । न्यूनतम २५ देखि अधिकतम २० लाख कित्तासम्म आवेदन दिन सकिने छ । बैङ्कले लगानी जुटाउन ऋणपत्र निष्कासन गरेको हो । यसअघि गत भदौमा पनि बैङ्कले वार्षिक ११ प्रतिशत ब्याज दिने गरी १ अर्ब ८३ करोड रुपैयाँको ऋणपत्र निष्कासन गरेको थियो । सो ऋणपत्र पूरै बिक्री भएको थियो ।

कुल निष्कासनको ४० प्रतिशत सर्वसाधारण र बाँकी ६० प्रतिशत संस्थागत लगानीकर्तालाई ऋणपत्र बिक्री गर्ने बैङ्कले जनाएको छ । ऋणपत्र नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा सूचीकृत भई खरिदबिक्री गर्न सकिने र आवश्यक परे धितो राखेर ऋण पनि लिन सकिने बैङ्कले जनाएको छ ।

ऋणपत्रबाट सङ्कलन हुने रकमको ८० प्रतिशत अर्थात ३ अर्ब २० करोड रुपैयाँ कर्जा सापटी, १० प्रतिशत अर्थात ३० करोड विभिन्न क्षेत्रमा लगानी र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ शाखा विस्तार र ५ प्रतिशत अर्थात २० करोड रुपैयाँ विविध क्षेत्रमा लगानी गर्ने बैङ्कले जनाएको छ ।

चालू आर्थिक वर्षयता निष्कासन भएका ऋणपत्र बिक्री भएका छैनन् । एनआईसी एसियाको मात्र ऋणपत्र बिक्री भएको छ । सानिमा बैङ्कको एक तिहाइ बिक्री भएन । यस्तै सिद्धार्थ बैङ्कको पनि बिक्री भएन । मुद्दतीको ब्याजदरका कारण ऋणपत्र बिक्री नभएको बैङ्करहरुको भनाइ छ ।