विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो रङ्गशाला बनाउन फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र महानगरपालिकाका मेयर रेणु दाहालबीच हस्ताक्षर भएको छ ।
काठमाडौ । चितवनको भरतपुरमा बन्न लागेको गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालाका लागि धुर्मुस सुन्तली फाउन्डेसन र भरतपुर महानगरपालिकाबीच सम्झौता भएको छ ।
विस्तृत आयोजना प्रतिवेदन (डीपीआर) बनेको २ वर्षभित्र निर्माण सम्पन्न गर्ने लक्ष्य लिएको सो रङ्गशाला बनाउन फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल (धुर्मुस) र महानगरपालिकाका मेयर रेणु दाहालबीच हस्ताक्षर भएको छ ।
करिब ३ अर्ब रुपैयाँ लागतमा निर्माण हुने सो रङ्गशालामा पहिलो खेल भारत र पाकिस्तानबीच गर्ने योजना रहेको मेयर दाहालले जानकारी दिइन् ।