नेप्सेले गत कात्तिकदेखि अनलाइन कारोबार सुरु गर्ने भने पनि प्राविधिक कारण देखाएर काम अघि बढ्न सकेको छैन । धेरै लगानीकर्ता पुँजीबजारको विकासका लागि अत्यावश्यक मानिएको अनलाइन कारोबार प्रणाली आउने अपेक्षामा छन् ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से)ले सेयर कारोबार प्रणालीलाई अनलाइनमा स्तरोन्नति गर्ने प्रक्रिया अन्तिम चरणमा पु¥याएको छ । अगामी वर्षदेखि सेयर लगानीकर्ताले अनलाइमार्फत सेयर कारोबार गर्ने निश्चित भएको छ ।
नेप्सेले गत कात्तिकदेखि अनलाइन कारोबार सुरु गर्ने भने पनि प्राविधिक कारण देखाएर काम अघि बढ्न सकेको छैन । धेरै लगानीकर्ता पुँजीबजारको विकासका लागि अत्यावश्यक मानिएको अनलाइन कारोबार प्रणाली आउने अपेक्षामा छन् । अनलाइन कारोबार प्रणाली आएपछि बजार बढ्ने आशामा लगानीकर्ताले सेयर होल्ड गरेर बसेका छन् । अनलाइन सेयर कारोबार सुरु भएपछि बजार बढ्ने अपेक्षामा तत्कालका लागि घाटा सहेर पनि सेयर होल्ड गरेको लगानीकर्ता बद्री पौडेलले बताए ।
तत्कालीन प्रमुख कार्यकारी अधिकृत (सीईओ) सीताराम थपलियाले अनलाइन कारोबार प्रणाली ल्याउने प्रक्रिया सुरु गरेको भए पनि मुद्दामामिलाका कारण ढिला भएको थियो । थपलियाले कात्तिकदेखि अनलाइन कारोबार सुरु गर्ने बताउँदै आए पनि नयाँ सीईओ चन्द्रसिंह साउदले भने विगतमा तोकिएको समयमा अनलाइन कारोबार प्रणाली ल्याउन नसकिने बताउँदै आएका छन् ।
हाल अनलाइन कारोबार प्रणालीका लागि काम तीव्र रूपमा भइरहेको नेप्सेका सीईओ साउदले बताए । ‘माघमा सात मोडलको डेमो हुन्छ,’ उनले भने, ‘ अनलाइन कारोबार प्रणालीमा १६ ओटा मोडल छन् । तीमध्ये १५ ओटा मोडलको परीक्षण भइसकेको छ ।’ अझै एउटा मोडल परीक्षण हुन बाँकी छ । सबै मोडलको डेमो परीक्षणपछि आगामी वैशाखसम्ममा अनलाइन कारोबार सुरु हुने उनले बताए ।
हालको सेमी अटोमेटेड कारोबार प्रणालीले सेयर बजार विस्तार नभएको भन्दै नेपाल धितोपत्र बोर्डले समेत अन्तर्राष्ट्रियस्तरको अनलाइन कारोबार प्रणाली तयार गर्न निर्देशन दिइसकेको छ । सोहीअनुरूप नेप्सेले वाईसीओ कम्पनीमार्फत अनलाइन कारोबारमा अन्तर्राष्ट्रियस्तरको प्रणाली सञ्चालनमा ल्याउने तयारी गरेको हो ।