काठमाडौं । नेपाल राष्ट्र बैंकले नियामकीय समायोजन (रेगुलेटरी एड्जस्मेन्ट) का लागि छुट्याएको रकम थप माग गरेपछि प्रभु बैंकका लगानीकर्ताहरुले यसअघि पाउने लाभांश घट्ने भएको छ ।
बैंकले यसअघि प्रस्ताव गरेको रकमबाट राष्ट्र बैंकले परिब १७ करोड रुपैयाँ थप माग गरेपछि यसअघि अघि ५ प्रतिशत बोनस शेयर र ५.६२३ प्रतिशत नगद लाभांश प्रस्ताव गरेको बैंकले लाभांश दर घटाएर करिब ८ प्रतिशतमा सीमित गरिदिएको हो ।
यद्यपि बैंकले यसअघिको ५ प्रतिशत बोनस शेयरलाई ८ प्रतिशतमा पुर्याइदिएर चतुर्याई प्रदर्शन गर्दा सेयर बजारमा यसले नकारात्मक असर भने पुर्याएन ।