तामाङ समुदायले मनाए सोनाम ल्होसार पर्व (फोटोफिचर)

सोनाम ल्होसारका अवसरमा काठमाडौंको टुडिखेलमा मनाएका छन् । तामाङ समुदायले पर्वका अवसरमा आफन्तजनहरु एक आपसमा भेला भइ एकअर्कामा शुभकामना आदानप्रदान गर्ने र भोज खाने चलन छ ।

काठमाडौं । मुलुकभरका तामाङ जातिहरुले आज सोनाम ल्होसार पर्व मनाएका छन् । मञ्जुश्री पात्रअनुसार कुकुर वर्ष पूरा भई सुगुर वर्ष सुुरु हुन्छ ।

सोनाम ल्होसारका अवसरमा काठमाडौंको टुडिखेलमा मनाएका छन् । तामाङ समुदायले पर्वका अवसरमा आफन्तजनहरु एक आपसमा भेला भइ एकअर्कामा शुभकामना आदानप्रदान गर्ने र भोज खाने चलन छ । मुसा, गाई, बाघ, खरायो, ड्राइगन, घोडा, भेडा, बाँदर, चरा, कुकुर, सुंगुुर गरी बाह्र वर्गमा सोनाम ल्होसारलाई विभाजन गरिएको छ ।

तामाङ्गहरु बाह्र जीवजन्तुलाई आधार मानिने ल्हो चक्रमा आधारित भएर विभिन्न तामाङ संस्कारहरु गर्दछन् । तामाङ समुदाय प्राकृतिक पुजक भएकाले ल्होसारका १२ वटै वर्गहरु पशुपन्छीको नाममा नामाकरण गरिएको मानिन्छ ।

ल्होसारकै अवसरमा काठमाडौं लगायतका अन्य जिल्लामा पनि हर्षोल्लासका साथ ल्होसार पर्व मनाइएको छ ।