१० प्रतिशत सेवा शुल्क नलिने रेबानको निर्णयमा महासंघले बाेल्याे, ‘पर्यटन क्षेत्रकाे विकासमा टेवा पुग्ने’

उपभोक्ताको हितलाई ध्यानमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको जनाएको छ ।

काठमाडौ। ग्राहक मार्फत उठाउदै आएको १० प्रतिशत सेवा शुल्क हटाएको प्रति नेपाल उद्योग बाणिज्य महासंघले सकारात्मक भएको प्रतिक्रिया दिएको छ । नेपाल रेस्टुरेन्ट एन्ड बार एसोसिएसन नेपाल ९रेबान ०ले गत सोमबारबाट ग्राहक मार्फत लिदै आएको सेवा शुल्क नलिने निर्णय गरेको थियो ।

रेबानको निर्णय सँगै त्यस सँग आवद्ध मजदुर संगठनहरु आन्दोलनमा रहेको बेला महासंघले विज्ञप्ती जारी गरी सेवा शुल्क हटाएको प्रति धन्यवाद दिएको छ ।

उपभोक्ताको हितलाई ध्यानमा राखी गरिएको सेवा शुल्क हटाउने निर्णयबाट समस्त उपभोक्ताको हित हुनुका साथै यसबाट पर्यटन क्षेत्रको विकास तथा विस्तारमा समेत सकारात्मक सहयोग पुग्न जाने महासंघको धारणा रहेको जनाएको छ ।

यस अघि राष्ट्रिय उपभोक्ता मञ्च लगाएत विभिन्न उपभोक्तावादी संघसस्थाले पनि रेबानको निर्णय प्रति खुसि व्यक्त गरिसकेका छन् । यस्तै सर्वोच्च अदालतले पनि सेवा शुल्क लिएको बारे कारण देखाउ आदेश दिएको छ ।