पछिल्लो दिनहरुमा निरन्तर घटेको सेयर बजारको कारोबार रकम पनि दैनिक रुपमा घटेको छ । नेप्सेका कारोबार भएको यो साताको चौथो दिन बुधबार नेप्से परिसूचकमा समान्य सुधार आएका पनि कारोबार रकम भने घटेर २६ करोडमा झरेको छ ।
नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक निरन्तर घटिरहँदा सेयर लगानीकर्ता भने सेयर होल्ड गर्नतर्फ लागेका छन् । पछिल्लो समयमा सेयर बजार सूचक घटेसँगै कारोबार रकममा पनि उल्लेख्य कमी आउँदा सेयर लगानीकर्ता होल्ड गर्नतर्फ लागेको देखिएको हो ।
करिब एक सातापछि नेप्से सुचक सकारात्मक देखिए पनि कारोबार रकममा आएको गिरावटले सेयर लगानीकर्ता बिक्रीको मुडमा छैनन् भन्ने स्पष्ट हुन्छ । मङ्गलबार ३२ करोड रुपैयाँबराबरको सेयर कारोबार भएको नेप्सेमा बिहीबार २६ करोडमा सीमित भएको छ ।
मङ्गलबार ९ अङ्कले घटेको नेप्से बुधबार साढे एक अङ्कले बढेको हो । नेप्से परिसूचक र कारोबार रकम दुवै घटेको हुनाले सेयर बजार सकरात्मक हुने लगानीकर्ताहरु बताउँछन् ।
बुधबार कारोबार सुरु हुँदा १३९३.०४ अङ्कमा रहेको नेप्से १.६९ अङ्कले बढेर बन्द हुँदा १३९४.७३ अङ्कमा झरेको छ । नेप्सेसँगै ‘क’ वर्गका कम्पनीको सेन्सेटिभ इन्डेक्स पनि समान्य अङ्कले बढेको छ । बुधबार अन्य तथा बिमका समूहमा सूचीकृत कम्पनीको सेयर मूल्य बढेपछि समग्र बजार सूचक कारोबारको अन्तिम समयमा वढेको हो ।
नेप्सेका कारोबार भएका बैङ्किङ ०.३२, विकास बैङ्क ७.८२, बिमा १६.१३, अन्य ५.०८, ब्यपार ४.२२, होटल १४.७७ र जलविद्युत ३.१३ अङ्कले बढेका छन् । तर, उत्पादनमूलक समूह २६.२, वित्त ०.७ र लघुवित्त समूह अङ्कले घटेका छन् ।
बुधबार नेप्सेमा १५६ कम्पनीको ३ हजार २ सय ६ कारोबारबाट २६ करोड १५ लाख रुपैयाँबराबरको ९ लाख ३८ हजार ३ सय ८ कित्ता सेयर किनबेच भएको छ । यो कारोबार रकम औसत दैनिक कारोबारभन्दा धेरै कम हो ।