माघ १५ गतेसम्म सेयर सदस्य भएकाले मात्र हकप्रद भर्न पाउने छन् । हकप्रद निष्कासनपछि संस्थाको चुत्तापुँजी ६ करोड ६० लाख रुपैयाँ हुने छ ।
काठमाडौं । उन्नति माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडले फागुन १३ गतेदेखि हकप्रद सेयर निकास गर्ने भएको छ । संस्थाले चुत्तापुँजी बढाउन ५ बराबर १ अनुपातमा १ करोड १० लाख रुपैयाँ बराबरको १ लाख १० हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेको हो ।
हकप्रद निष्कासन बन्द चैत १७ गते हुने निष्कासन तथा बिक्री प्रवन्धक सिद्धार्थ क्यापिटल लिमिटेडले जनाएको छ । माघ १५ गतेसम्म सेयर सदस्य भएकाले मात्र हकप्रद भर्न पाउने छन् । हकप्रद निष्कासनपछि संस्थाको चुत्तापुँजी ६ करोड ६० लाख रुपैयाँ हुने छ ।