मेगा बैंकको नाफा ८६ प्रतिशत बढेर ७३ करोड पुग्यो

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।

काठमाडौं । मेगा बैंक नेपाल लिमिटेडले दोस्रो त्रैमासिक अवधिसम्म ७३ करोड रुपैयाँ खुदनाफा गरेको छ । आर्थिक वर्ष २०७५/०७६ को दोस्रो त्रैमासिक अवधिसम्म आइपुग्दा बैंकले ७३ करोड २० लाख रुपैयाँ नाफा गरेको हो । पहिलो त्रैमासमा ४० करोड ४५ लाख रुपैयाँ खूद मुनाफा आर्जन गरेको थियो ।

बैंकको वित्तीय विवरण अनुसार अघिल्लो वर्षको दोस्रो त्रैमासिक अवधिसम्म बैंकले ३९ करोड ३६ लाख रुपैयाँ नाफा गरेको थियो । गत वर्षको सोही अवधिको तुलनामा बैंकले ८६ प्रतिशत बढी नाफा आर्जन गर्न सफल भएको जानकारी दिएको छ ।

२०७५ पौष मसान्तमा अघिल्लो वर्षको सोही अवधिको तुलनामा बैंकको निक्षेप २५ अर्ब २८ करोडले वृद्धि भई ७० अर्ब ८५ करोड रुपैँया पुगेको छ । जुन अघिल्लो वर्षको सोही अवधिको तुलनामा ५५ प्रतिशत बढी हो । यस्तै कर्जा तथा सापटी पनि २५ अर्ब ८ करोडले वृद्धि भई ६५ अर्ब ८५ करोड कायम भएको छ । अघिल्लो वर्षको तुलनामा ६२ प्रतिशत बढी हो ।

मेगा बैंकका देशभर १०२ शाखा, १९ वटा एक्सटेन्सन काउन्टर, ८५ वटा एटिएम सञ्जाल, ११९ वटा शाखारहित बैंकिङ्ग केन्द्रहरु र २ हजार ३०० भन्दा बढी मेगा रेमिट एजेण्ट छन् ।