देसारको एकल चित्रकला प्रदर्शनी (१३ तस्बिरमा हेर्नुस)

देसारले विशेषत : समाजले वेवास्ता गरेका र गाउँ टोलमा भएका तर लोपान्मुख विषयवस्तुलाई चित्रकलाको माध्यमद्वारा प्रस्तुत गर्दछन् । खोजमुलक चित्रकारिता गर्ने देसारको यो आठौं एकल चित्रकला प्रदर्शनी हो ।

काठमाडौ । कला र संस्कृतिलाई संरक्षण र सम्वद्र्धन गर्दै चित्रकार अजय देसारले ललितपुरको पाटन दरवार क्षेत्रमा ‘अलोरिङ्ग डिभाइन’ एकल चित्रकला प्रदर्शनी गरेका छन् ।

देसारले विशेषत : समाजले वेवास्ता गरेका र गाउँ टोलमा भएका तर लोपान्मुख विषयवस्तुलाई चित्रकलाको माध्यमद्वारा प्रस्तुत गर्दछन् । खोजमुलक चित्रकारिता गर्ने देसारको यो आठौं एकल चित्रकला प्रदर्शनी हो । त्रिभुवन विश्वविद्यालयबाट फाइन आर्टमा मास्टर डिग्री गरेका देसारले वेलायतमा पनि आफ्नो चित्रकला प्रदर्शनी गरिसकेका छन् ।

फालिएको ढुङ्गामा पनि सुन्दर चित्र कोर्ने देसारले कला र संस्कृतिको संरक्षण्का लागी चित्रकलाले महत्वपूर्ण भूमिका खेल्ने उनको भनाइ छ । चित्रकला प्रदर्शनी फागुन ५ गते सम्म सञ्चालन हुनेछ ।