काठमाडौ । नेपाल नागरिक उड्डयन प्राधिकरण(क्यान) टुक्राउने तयारी गरिरहेको भन्दै आन्दोलनमा उत्रिने चेतावनी दिदै आएका कर्मचारीहरु नागरिक उड्डयन मन्त्री रवीन्द्र अधिकारीले क्यान नटुक्राउने आश्वासन दिएपछि कर्मचारीले घोषणा गरेको आन्दोलनको कार्यक्रम स्थगित भएको छ ।
बिहिबार मन्त्री अधिकारी र प्राधिकरणका कर्मचारीहरु विच अन्तरक्रिया भएपछि मन्त्री अधिकारीले क्यानलाई टुक्राउने प्रक्रिया तत्काललाई स्थगित गरिने बताएपछि कर्मचारीहरुले घोषणा गरेको आन्दोलनको कार्यक्रम पनि तत्कालका लागि स्थगित भएको कर्मचारी युनियनहरुले जनाएका छन् ।
क्यानका कर्मचारीहरु आन्दोलित हुने अवस्था आएपछि समस्या समधानका लागि मन्त्री अधिकारी आफै अग्रसर भएका हुन् । अन्र्तक्रियामा नेपाल नागरिक उड्डयन विद्येयक,२०७५ यथावस्थामा स्थगन गरी नेपाल नागरिक उड्डयन प्राधिकरणको विद्यमान संरचनामा थप सबलीकरण हुने गरी र अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन(आइकाओ)े र युरोपियन युनियन(ईयु) को चासोको रुपमा रहेको नियामक र सेवा प्रदायक कार्यमा भइरहेको कन्ल्फीट अफ इन्ट्रेस्ट समेत सम्बोधन गर्ने सहमति भएको कर्मचारी युनियनहरुले जनाएका छन् ।
मन्त्रालयले प्राधिकरणका टे«ड यूनियनहरुको सहभागिता सहितको विज्ञहरु सम्मिलित समिति बनाइ सो समितिको प्रतिवेदन अनुसार क्यानलाई कसरी अगाडि बढ्ने विषयमा टु·ोमा पुग्ने मन्त्री अधिकारीले आश्वासन दिएका थिए ।
कर्मचारीहरुको भावना विपरित क्यानका पदाधिकारीहरु र मन्त्रालयले एक्लौटि रुपमा क्यान फुटाउने गरी संसदमा विद्ययक दर्ता गराएको भन्दै त्यसमा आवद्ध संगठनहरु आन्दोलित भएका थिए । केहि व्यक्तिहरुको स्वार्थ पुरा गर्न क्यान फुटाउन लागेको भन्दै कर्मचारीहरु लामो समय देखी असन्तुष्ट हुदै आएका छन् ।
कर्मचारी संगठनहरुले मन्त्रालयको निर्णयको विरोध गर्दै चरणबद्ध आन्दोलनको घोषणा गरेपछि मंगलबार नेकपा निकट कर्मचारी संगठनका पदाधिकारीहरु सँग मन्त्री अधिकारीले छुट्टै छलफल गरेका थिए । छलफलमा मन्त्री अधिकारीले बिहिबार सयुक्त अन्तरक्रिया गर्ने बताएपछि बुधबार गर्ने भनिएको पत्रकार सम्मेलन पनि कर्मचारी संगठनहरुले स्थगित गरेका छन् ।
प्रगतिशिल कर्मचारी संगठन संयोजक श्रवणकुमार यादवले मन्त्री अधिकारी संग भएको सहमति कार्यान्वयनको लागि १० दिनको समयावधि दिएको र सो अवधि भित्र कुनै निकास ननिस्केमा पुन विरोध कार्यक्रम सहित चरणबद्ध आन्दोलनमा जाने सहमति भएको बताए ।