सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन गर्न कार्यविधि बन्यो

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका महासचिव विर्षबहादुर शाहीले कार्यविधि जारी भएसँगै सामुदायिक वनलाई संरक्षण इकाइका रुपमा मात्र नभइ उद्यमशील एकाइका रुपमा पनि विकास गर्नुपर्ने आफूहरुको माग सम्बोधन भएको बताए ।

काठमाडौ । वन तथा वातावरण मन्त्रालयले पर्यटकीय सम्भावना रहेका सामुदायिक वनमा वन पैदावारको उत्पादनसहित वातावरणीय सेवाको प्रवद्र्धन गरी पर्यापर्यटन सञ्चालन गर्न कार्यविधि जारी गरेको छ ।

‘सामुदायिक वनमा पर्यापर्यटन प्रवद्र्धन कार्यविधि, २०७५’ ले सामुदायिक वनमा जैविक विविधता संरक्षण र स्थानीय उपभोक्ताको मौलिक सामाजिक र सांस्कृतिक मूल्य मान्यतामा टेवा पुग्ने गरी पर्यापर्यटन सञ्चालन गर्न योगदान पुग्ने छ ।

सामुदायिक वनमा पर्यापर्यटन सञ्चालन गरी जैविक विविधता संरक्षण, दिगो वन व्यवस्थापन र स्थानीय तथा राष्ट्रिय समृद्धिमा योगदान पु¥याउने लक्ष्यका साथ कार्यविधि ल्याइएको मन्त्रालयले जनाएको छ ।

समूह र सहकारी, स्थानीय तह वा निजी क्षेत्र ९जहाँ जुन सम्भव छ० को व्यावसायिक साझेदारीमा पर्यापर्यटन व्यवसाय सञ्चालन गरी स्थानीयस्तरमा संरक्षण तथा समृद्धि हासिल गर्ने कार्यविधिको उद्देश्य रहेको छ ।

वन तथा भू–संरक्षण विभागका महानिर्देशक डा .रामप्रसाद लम्सालले सामुदायिक वनमा स्थानीय समुदायको वातावरणीय सेवा प्रतिको निर्भरता बढ्नुका साथै रोजगारी र आयआर्जनको स्रोत बन्दै गरेको अवस्थामा कार्यविधि जारी गरिएको बताए । उनले भने ,‘कार्यविधिको व्यवस्थाले मुलुकभित्रै घुम्न नयाँ पर्यटकीय गन्तव्यको निर्माण भई पर्यापर्यटनको विकास हुनेछ ।’

कार्यविधिले पर्यापर्यटन व्यवसायलाई वन उपभोक्ता समूहको वैकल्पिक आयस्रोतको रुपमा स्थापित गरी आम्दानी र रोजगारीका अवसर सहितको वातावरणमैत्री विकासमा योगदान पु¥याउनेछ ।

सामुदायिक वन उपभोक्ता महासङ्घ, नेपालका महासचिव विर्षबहादुर शाहीले कार्यविधि जारी भएसँगै सामुदायिक वनलाई संरक्षण इकाइका रुपमा मात्र नभइ उद्यमशील एकाइका रुपमा पनि विकास गर्नुपर्ने आफूहरुको माग सम्बोधन भएको बताए ।
मन्त्रालयको आर्थिक वर्ष २०७५÷७६ को स्वीकृत वार्षिक कार्यक्रममा उल्लेखित सामुदायिक वनमा पर्यापयर्टन कार्यक्रमसमेत यसै कार्यविधिअनुसार कार्यान्वयनमा ल्याइने विभागले जनाएको छ । मुलुकमा हाल २२ हजार २६६ सामुदायिक वन उपभोक्ता समूह छन् ।रासस