उत्साह श्रीपञ्चमीको

आजको दिनमा लेखपढ गर्न सिकेमा विद्या तथा बुद्धि बढ्ने विश्वास गरिन्छ । स्कुल जाने उमेर पुगेका बालबालिकालाई पनि आजैको दिनलाई विशेष मानी स्कुल भर्ना गरिन्छ ।

काठमाडौं : आज माघ शुक्लपञ्चमी अर्थात् श्रीपञ्चमी । विद्याकी देवी सरस्वतीको पूजाआराधना गरी देशभर मनाइएको छ ।

आजको दिनमा लेखपढ गर्न सिकेमा विद्या तथा बुद्धि बढ्ने विश्वास गरिन्छ । स्कुल जाने उमेर पुगेका बालबालिकालाई पनि आजैको दिनलाई विशेष मानी स्कुल भर्ना गरिन्छ । त्यसैगरी आजको दिनबाट सूर्य उत्तरतिर लाग्ने र दिन लामो हुने त्यसैगरी वसन्त ऋतुको सुरुआत हुने विश्वासका साथ यसलाई वसन्तपञ्चमी पनि भनिन्छ । यसै अवसरमा वसन्तपुर हनुमान ढोकाको नसल चोकमा राष्ट्रपति, वसन्त श्रवण गरेका छन् ।

आजको दिन कुनै पनि धार्मिक तथा सांस्कृतिक कार्य गर्दा साइत हेर्नुपर्दैन भन्ने जनविश्वास छ । आजको दिन विशेषतः विद्यार्थी, साहित्यकार, कलाकार, पत्रकार, शिक्षक तथा सर्जकहरुले आआफ्ना कलासाधनाका वस्तुहरुलाई सरस्वतीका रुपमा लिई पूजा आराधना गर्दछन् ।