एनसीसी बैंकको ७९ लाख ११ हजार कित्ता हकप्रद सेयर नेप्सेमा सुचिकृत

नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गरेको हो ।

काठमाडौं । नेपाल क्रेडिट एन्ड कमर्श (एनसीसी) बैंकको हकप्रद सेयर कारोबारका लागि सुचिकृत भएको छ । नेपाल स्टक एक्सचेन्ज लिमिटेडले सोमबार ७९ लाख ११ हजार २८१ कित्ता हकप्रद सेयर कारोबारका लागि सुचिकृत गरेको हो ।

बैंकका संस्थापकले हकप्रद नकिने पछि लिलामीबाट सेयर बिक्री गरेको थियो । चुत्तापुँजी बढाउन बैंकले हकप्रद सेयर निष्कासन गरेको हो ।