वोमी लघुवित्तले १०० प्रतिशत हकप्रद सेयर निष्कसन गर्न बोलायो विशेष साधारणसभा

संस्थाले १०० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

काठमाडौं । वोमी लघुवित्त वित्तीय संस्था लिमिटेडले चुत्तापुँजी बढाउन हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद सेयर निष्कासन गर्नका लागि संस्थाले फागुन ६ गते विशेष साधारणसभा बोलाएको छ ।

संस्थाले १०० प्रतिशत अर्थात १० करोड रुपैयाँ बराबरको १० लाख कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । सभाले हकप्रद सेयर निष्कासन प्रयोजनका लागि सञ्चालक समितिलाई अख्तियारी दिने छ ।

हकप्रद सेयर जारीपछि संस्थाको चुत्तापुँजी वद्धिको प्रस्ताव सभामाले अनुमोदन गर्ने छ । हकप्रद बाँडफाँडपछि संस्थाको चुत्तापुँजी २० करोड रुपैयाँ पुग्ने छ ।