दुबै बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले आफै वा सहायक कम्पनीमार्फत दलालको काम गर्ने प्रस्तावलाई स्वीकृत गरेका छन् ।
काठमाडौं । मेगा बैंक र सनराइज बैंकले सहायक कम्पनीमार्फत सेयर दलाल (स्टक ब्रोकर) को काम गर्ने भएका छन् । दुबै बैंकको हालै सम्पन्न वार्षिक साधारणसभाले आफै वा सहायक कम्पनीमार्फत दलालको काम गर्ने प्रस्तावलाई स्वीकृत गरेका छन् ।
साधारणसभाले स्वीकृत गरेकाले सम्बन्धित निकायको स्वीकृति लिएर सहायक कम्पनीमार्फत सेयर दलालको काम गर्ने बाटो खुला भएको छ । नेपाल धितोपत्र बोर्डले गत वर्ष बैंकलाई सहायक कम्पनीमार्फत सेयर दलालको काम गर्न बाटो खुलाए पछि बैंकहरुले साधारणसभाबाट प्रस्ताव पारित गरेका हुन् । अधिकाँश वाणिज्य बैंकले सेयर दलालको काम गर्न साधारणसभामा प्रस्ताव लगेका छन् ।
बैंकहरुले सहायक कम्पनीमार्फत सेयर रजिष्टारको र पोर्टफोलियो व्यवस्थापनका काम गरिरहेका छन् । बैंकलाई अनुमति दिएपनि हालसम्म कुनै पनि बैंकले सेयर दलालको काम सुरु गरेका छैनन ।