गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँश लुघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान माइक्रोफाइनान्स लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन ।
काठमाडौं । आधा दर्जन लघुवित्त वित्तीय संस्थाले साधारण सेयर (आईपीओ) निष्कास गर्न लागेका छन् । ती लघुवित्तले १६ करोड ६८ लाख ८२ हजार १८० रुपैयाँ बराबरको १६ लाख ८२ हजार कित्ता आईपीओ निष्कासन गर्न लागेका हुन् । आईपीओ निष्कासन गर्नका लागि नेपाल धितोपत्र बोर्डमा निवेदन दिएका छन् ।
गणपति लघुवित्त वित्तीय संस्था लिमिटेड, गुराँश लुघुवित्त वित्तीय संस्था लिमिटेड, स्वाभिमान माइक्रोफाइनान्स लिमिटेड, जनसेवी लघुवित्त वित्तीय संस्था लिमिटेड, नेपाल एग्रो लघुवित्त वित्तीय संस्था लिमिटेड र स्पर्श लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गर्न लागेका हुन ।
गणपतिले ३ करोड ३३५ लाख रुपैयाँ बराबरको ३ लाख ३५ हजार कित्ता, गुराँशले २ करोड ५० लाख रुपैयाँ बराबरको २ लाख ५० हजार कित्ता, स्वाभिमानले १ करोड ९८ लाख ५१ हजार रुपैयाँ बराबरको १ लाख ९८ हजार कित्ता, जनसेवीले ४ करोड ६३ लाख ३० हजार रुपैयाँ बराबरको ४ लाख ६३ हजार, नेपाल एग्रोले १ करोड ६१ लाख ७७ हजार ८०० रुपैयाँ बराबरको १ लाख ६१ हजार र स्पर्शले २ करोड ५९ लाख ६३ हजार रुपैयाँ बराबरको आईपीओ निष्कासन गर्ने भएका छन् ।
साउन यता चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र आशा लघुवित्त वित्तीय संस्था लिमिटेडले आईपीओ निष्कासन गरिसकेका छन् ।
अधिकाँश लघुवित्तको सेयर मूल्य उच्च रहेको छ । सेयर बजार लगातार घट्दै गएपनि अधिकाँश लघुवित्तको सेयर मुल्य १ हजार रुपैयाँ माथि नै छ । वाणिज्य बैंक र विकास बैंकको भन्दा लघुवित्तको सेयर मूल्य बढी रहेको छ । सबैभन्दा कम २८३ र बढी जनउत्थान सामुदायिक लघुवित्त वित्तीय संस्था लिमिटेडको २ हजार ४६२ रुपैयाँ छ ।
हालसम्म ४१ वटा लघुवित्त संस्थाले आईपीओ निष्कासन गरी नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडमा कारोबार भइरहेको छ । नेपाल राष्ट्र बैंकले ७१ ओटा लघुवित्तलाई वित्तीय कारोबार गर्न अनुमति दिएको छ । ३० वटा लघुवित्त नेप्सेमा सुचिकृत भएका छन् भने एउटा सुचिकृतको तयारीमा छ ।