मनै लोभ्याउने चन्द्रागिरि

यहाँबाट देखिने अन्नपूर्ण, सगरमाथा आदिले चन्द्रागिरि जानेहरुको मनमा अनौठो तरङ्ग ल्याइदिन सक्छन् । पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै गएको चन्द्रागिरि धार्मिक तथा पर्यटकीय दृष्टिले समे महत्त्वपूर्ण छ ।

व्यस्त जीवनशैली र थकानबाट दिक्दार हुँदा एकान्त कसलाई पो मन नपर्ला र ? त्यसमाथि काठमाडौंको धूलोधूवाँ र कोलाहलबाट मुक्त हुन पनि कसलाई रुचि नहोला ? तर नआत्तिनुस्, यी समस्याबाट मुक्त हुन काठमाडौं नजिकैको गन्तव्यका रुपमा परिचित स्थान छ । त्यो हो, चन्द्रागिरि ।

समुद्री सतहबाट २५५१ मिटरको उचाइमा रहेको चन्द्रागिरिलाई अनुुपम सुन्दरताको प्रतीकका रुपमा लिन सकिन्छ । हरियालीयुक्त डाँडा र आँख्रै लोभ्याउने सुन्दर हिमशृङ्खलाले पर्यटकलाई नलोभ्याउने कुरै भएन ।

यहाँबाट देखिने अन्नपूर्ण, सगरमाथा आदिले चन्द्रागिरि जानेहरुको मनमा अनौठो तरङ्ग ल्याइदिन सक्छन् । पछिल्लो समय आन्तरिक एवम् बाह्य पर्यटकको उत्कृष्ट गन्तव्य बन्दै गएको चन्द्रागिरि धार्मिक तथा पर्यटकीय दृष्टिले समे महत्त्वपूर्ण छ ।

हेर्नुहोस् चन्द्रागिरि र यहाँबाट देखिएका सुनौला दृश्यहरू