युनियन हाइड्रोपावरले आईपीओ निष्कासन गर्न पायो अनुमति, ३५ करोड ३४ लाखको ल्याउने

पाल धितोपत्र बोर्डले सोमबार युनियनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

काठमाडौं । निजी क्षेत्रबाट स्थापना भएको युनियन हाइड्रोपावर लिमिटेडले साधारण सेयर (आईपीओ) निष्कासन गर्ने भएको छ । नेपाल धितोपत्र बोर्डले सोमबार युनियनलाई आईपीओ निष्कासन गर्न अनुमति दिएको छ ।

कम्पनीले ३५ करोड ३४ लाख ३४ हजार रुपैयाँ बराबरको ३५ लाख ३४ हजार ३४३ कित्ता आईपीओ निष्कासन गर्न लागेको हो । यसमा ६ करोड २१ लाख ७९ हजार रुपैयाँ बराबरको ६ लाख २१ हजार ७९० कित्ता आयोजना प्रभावित स्थानीय बासिन्दाले खरिद नगरेको समेत हो ।

यनियनले लमजुङको करापुटार गाविसमा ३.३ मेगावाटको मिदिम खोला जलविद्युत आयोजना सञ्चालनमा ल्याएको छ । यस्तै कम्पनीले २३ मेगावाट क्षमताको मेवा खोला आयोजना निर्माणका लागि सर्वेक्षण अनुमतिपत्र समेत पाएको छ ।

आयोजनाको कुल लागत ७९ करोड ५० लाख ७७ हजार रुपैयाँ छ । आयोजनाको प्रतिमेगावाट लागत २६ करोड ५० लाख रुपैयाँ छ । लागतको हिसावले महंगो आयोजना हो ।