बजार ०.६७ अंकले गिरावट आउँदा प्रभु बैंकको संस्थापक सेयर सबैभन्दा बढी कारोबार

मंगलबार बजार ०.६७ प्रतिशत घटेर १९ करोड ४१ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंक, होटल, लघुवित्त र विकास बैंकको सेयर मूल्य घटेको छ । व्यापार, वित्त, जलविद्युत, बिमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ ।

काठमाडौं । प्रभु बैंकको संस्थापक (प्रमोटर) सेयर सबैभन्दा बढी कारोबार भएको छ । प्रतिकित्ता १५० रुपैयाँमा ३ करोड १० लाख ५० हजार रुपैयाँ बराबरको संस्थापक सेयर किनबेच भएको छ ।

यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २३१ रुपैयाँमा ८७ लाख ९० हजार र प्रभु बैंकको साधारण सेयर प्रतिकित्ता २३६ रुपैयाँमा ८० लाख ८६ हजार रुपैयाँ बराबरको सेयर किनबेच भएको छ ।

मंगलबार बजार ०.६७ प्रतिशत घटेर १९ करोड ४१ लाख ५९ हजार रुपैयाँको सेयर किनबेच भएको छ । बैंक, होटल, लघुवित्त र विकास बैंकको सेयर मूल्य घटेको छ । व्यापार, वित्त, जलविद्युत, बिमा र उत्पादनमुलक क्षेत्रको सेयर मूल्य बढेको छ ।

मंगलबार जेविल्स फाइनान्स लिमिटेड र चौतारी लघुवित्त वित्तीय संस्थाका लगानीकर्ताले कमाएका छन् भने महालक्ष्मी विकास बैंक र खानीखोला हाइड्रोपावर लिमिटेडका लगानीकर्ताले गुमाएका छन् ।