युनाइटेड र नेपाल इन्स्योरेन्सले ११२ करोडको हकप्रद निष्कासन गर्ने

हकप्रद बाँडफाँडपछि युनाइटेडको चुत्तापुँजी बढेर १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्ने छ । युनाइटेडको हाल ३० करोड २४ लाख रुपैयाँ चुत्तापुँजी छ । सभाले अधिकृत र चुत्तापुँजी बढाउन प्रवन्धपत्र नियमावलीलाई संशोधन गर्ने भएको छ ।

काठमाडौं । २ ओटा निर्जीवन बिमा कम्पनीले पुँजी बढाउन हकप्रद सेयर निष्कास गर्न लागेका छन् । युनाइटेड इन्स्योरेन्स कम्पनी नेपाल लिमिटेड र नेपाल इन्स्योरेन्स कम्पनी लिमिटेडले १ अर्ब १२ करोड ७२ लाख २५ हजार रुपैयाँ बराबरको १ करोड १२ लाख ७२ हजार कित्ता हकप्रद सेयर निष्कासन गर्न लागेका हुन् ।

हकप्रद सेयर निष्कासनका लागि युनाइटेलले फागुन १६ गते विशेष साधारणसभा बोलाएको छ । कम्पनीले २४० प्रतिशत अर्थात ७५ करोड ५७ लाख ६० हजार रुपैयाँ बराबरको ७५ लाख ५७ हजार ६०० कित्ता हकप्रद सेयर निष्कासन गर्ने प्रस्ताव पारित गर्ने भएको छ । हकप्रद बाँडफाँडपछि युनाइटेडको चुत्तापुँजी बढेर १ अर्ब २ करोड ८१ लाख ६० हजार रुपैयाँ पुग्ने छ । युनाइटेडको हाल ३० करोड २४ लाख रुपैयाँ चुत्तापुँजी छ । सभाले अधिकृत र चुत्तापुँजी बढाउन प्रवन्धपत्र नियमावलीलाई संशोधन गर्ने भएको छ ।

यस्तै नेपाल इन्स्योरेन्सले पनि पुँजी बढाउन फागुन २१ गतेदेखि ४० करोड १४ लाख ६५ हजार रुपैयाँ बराबरको ४० लाख १४ हजार ६५१ कित्ता हकप्रद सेयर निष्कासन गर्ने भएको छ । हकप्रद निष्कासन चैत २५ गते बन्द हुने कम्पनीले जनाएको छ । हकप्रद बाँडफाँडपछि कम्पनीको चुत्तापुँजी १ अर्ब १ करोड ९२ लाख रुपैयाँ पुग्ने भएको छ । नेपाल इन्स्योरेन्सको पुँजी हाल ६१ करोड ७६ लाख रुपैयाँ छ ।

नियामक बिमा समितिले कम्पनीहरुलाई गत असारसम्म चुत्तापुँजी बढाएर १ अर्ब रुपैयाँ पुर्याउन निर्देशन दिएको थियो । सो अवधिमा पनि अधिकाँशले नपुर्याएपछि समितिले गत पुससम्म म्याद थप गरेको थियो । निर्धारित समयमा पनि चुत्तापुँजी पुग्न सकेको छैनन् ।