सेयर बजार ७ अंक घट्यो, नागरिक लगानी कोषको सबैभन्दा बढी कारोबार

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिलिभर लिमिटेडको लगानीकर्ताले कमाएका छन् भने नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र जेविल्स फाइनान्स लिमिटेडकाले गुमाएका छन् ।

काठमाडौं । सेयर बजार ७.११ अंकले घटेको छ । बजार घटेपछि नेप्से परिसुचक १ हजार १२१ अंकमा सीमित भएको छ । बुधबार उत्पादनमुलक बाहेक सबै परिसुचक घटेको छ ।

मंगलबार २३ करोड ८८ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । सबैभन्दा बढी नागरिक लगानी कोषको सेयर किनबेच भएको छ । कोषको प्रतिकित्ता २ हजार ६१० मा १ करोड ३२ लाख ३१ हजार रुपैयाँको सेयर कारोबार भएको छ । नेपाल बैंक लिमिटेडको २८५ रुपैयाँमा १ करोड २४ लाख १२ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।

चौतारी लघुवित्त वित्तीय संस्था लिमिटेड र युनिलिभर लिमिटेडको लगानीकर्ताले कमाएका छन् भने नयाँ नेपाल लघुवित्त वित्तीय संस्था र जेविल्स फाइनान्स लिमिटेडकाले गुमाएका छन् ।