वैशाखदेखि सेयर कारोबारमा प्यान अनिवार्य, नेप्सेले राख्यो सहजीकरण डेस्क

काठमाडौं । दोस्रो बजारमा सेयर कारोबार गर्दा अब स्थायी लेखा नम्बर (प्यान) अनिवार्य हुने भएको छ । आउदो वैशाखदेखि अनिवार्य रुपमा प्यान लागु हुने भएको हो ।

प्यान लिन सहजीकरण गर्नका लागि नेपाल स्टक एक्सचेन्ज (नेप्से) लिमिटेडले स्थायी लेखा दर्ता नम्बर सहजिकरण डेस्क स्थापना गरेको छ । प्यान लिन चाहाने लगानीकर्तालाई हेल्प डेस्कले सहजीकरण गर्ने भएको छ ।

गत कात्तिकमा नेपाल धितोपत्र बोर्डले प्यान अनिवार्य गर्न निर्देशन दिएको थियो । त्यसपछि लगानीकर्ताले आन्दोलनले पछि सरेको हो । नेप्सेले बोर्डले दिएको निर्देशन अनुसार प्यान लिनका लागि सहजीकरण गर्ने भएको हो ।