आगामी बैशाख २ गतेबाट पश्चिम बंगालको राजधानी कोलकातामा उडानको तयारी गरेको बुद्ध एयरले उपर्युक्त भाडा सार्वजनिक गरेको हो ।
काठमाडौं । बुद्ध एयरले काठमाडौं कोलकाताका लागि २४ हजार रुपैयाँमै दोहोरो उडान गर्ने भएको छ । आगामी बैशाख २ गतेबाट पश्चिम बंगालको राजधानी कोलकातामा उडानको तयारी गरेको बुद्ध एयरले उपर्युक्त भाडा सार्वजनिक गरेको हो ।
निजी क्षेत्रको अग्रणी वायुसेवा प्रदायक कम्पनी बुध्द एयरले अन्तर्राष्ट्रियतर्फको दोस्रो उडान भारतको कोलकाताबाट सुरु गर्ने तयारी अन्तिम चरणमा पुगेको जनाएको छ । कोलकाता उडानका लागि कार्यालय सञ्चालनमा ल्याइसकेको छ । कोलकाता–काठमाण्डौंको सिधा हवाई सेवा सञ्चालन गर्ने बुध्द एयर एक मात्र नेपाली विमान सेवा कम्पनी हो ।
बुद्धले सुरुमा हप्ताको तीन दिन सोमबार, बुधबार र शुक्रबार उडान गर्नेछ । काठमाडौंबाट बिहान ८ बजे र कोलकाताबाट स्थानीय समय बिहान १०ः३० बजे उडान हुनेछ । कोलकाता उडान एटीआर ७२ विमानबाट गर्नेछ ।
यात्रुको समय र पैसाको बचत होस् भन्ने हेतुले बुध्द एयरले नेपालबाट भारतका विभिन्न धार्मिक तथा सांस्कृतिकस्थलको भ्रमणका लागि आउटबाउन्ड तथा भारतबाट नेपालका विभिन्न स्थानहरुको भ्रमणका लागि इनबाउन्ड होलीडे प्याकेज पनि सञ्चालन गरेको छ । कोलकाता उडानसँगै जगन्नाथपुरी दर्शन, सुन्दरवन, गंगासागरलगायत स्थानको भ्रमण प्याकेज सञ्चालनमा आउनेछन् । यी प्याकेज बुध्द एयरको भगिनी संस्था बुध्द होलीडेजले गर्नेछन् ।
व्यापार, कामकाज वा पारिवारिक भ्रमण जेसुकै भए पनि कोलकाता उडानमार्फत् भारतको पर्यटन बजारलाई नेपाल भित्र्याउने लक्ष्य बुध्द एयरले लिएको छ । उडान तथा होलिडे प्याकेजमार्फत् यसले नेपालको पर्यटन प्रवद्र्धनमा टेवा पु¥याउने विश्वास लिएको छ ।
बुध्द एयरले देशका विभिन्न भागमा दिनहुँ ४ दर्जनभन्दा बढी उडान गरिरहेको छ । अन्तर्राष्ट्रियतर्फ बुध्द एयर भारतको वाराणसीमा साताको सोमबार र शुक्रवार गरि २ उडान गरिरहेको छ ।