सेयर आवेदनका साथ लगानी गर्न प्रतिवद्धता जनाएको सेयर वापतको १० प्रतिशत रकमका साथ आवेदनसाथ दिनुपर्ने व्यवस्था सार्वजनिक गरिएको अवधारणापत्रमा गरिएको छ । यस्तै संस्थापक सेयरधनीले लिन कवुल गरेको सेयरको शत्प्रतिशत रकम भुत्तानी भई आयोजनो निर्माणको न्युनतम ७५ प्रतिशत भौतिक प्रगतिपछि मात्र दोस्रो किस्तावापतको ९० प्रतिशत रकम बुझाउनु पर्ने छ ।
काठमाडौं । जनताले जलविद्युत आयोजनामा १० लाख रुपैयाँसम्म लगानी गर्न पाउने भएका छन् । प्रतिकित्ता १०० रुपैयाँ दरले १० हजार कित्तासम्म आवेदन दिने पाउने व्यवस्था गरिएको छ । जनताले न्यूनतम १०० कित्ता अर्थात १० हजार रुपैयाँसम्म लगानी गर्नुपर्ने भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले बिहीबार सार्वजनिक गरेको जनताको जलविद्युत आयोजना कार्यक्रमको अवधारणापत्रमा सरकारले यस्तो व्यवस्था गरेको हो । एक जनाले जति ओटा आयोजनामा पनि सेयर लगानी गर्न पाउने भएको छ । हाइड्रो इलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआइडिसिएल) ले अवधारणापत्र तयार पारेको हो ।
सेयर आवेदनका साथ लगानी गर्न प्रतिवद्धता जनाएको सेयर वापतको १० प्रतिशत रकमका साथ आवेदनसाथ दिनुपर्ने व्यवस्था सार्वजनिक गरिएको अवधारणापत्रमा गरिएको छ । यस्तै संस्थापक सेयरधनीले लिन कवुल गरेको सेयरको शत्प्रतिशत रकम भुत्तानी भई आयोजनो निर्माणको न्युनतम ७५ प्रतिशत भौतिक प्रगतिपछि मात्र दोस्रो किस्तावापतको ९० प्रतिशत रकम बुझाउनुपर्नेछ । यस्तै लगानीकर्ताको बैंक खातामा नै रकम होल्ड हुने व्यवस्था गरिएको छ ।
सेयर लगानी गर्न नसक्ने विपन्न वर्गका लागि विशेष व्यवस्था गरिएको छ । स्थानीय तहबाट विपन्न भएको सिफारिस आएका व्यत्तिले विपन्न कर्जाअन्तर्गत सेयरमा लगानी गर्न सहुलियत ब्याजमा ऋण पाउने भएका छन् । सेयरको ऋण वापत सुरक्षणको रुपमा ऋण दिने बैंक तथा वित्तीय संस्थाले लिने भएको छ । सरकारले यसमा जमानत दिने भएको छ ।
सेयर भर्दा आस्वा प्रणालीलाई पुर्ण रुपमा कार्यन्वयन गर्नुपर्ने भएको छ । सेयर कलको माग भएमा औचित्य पुष्टि भएमा गर्न दिने व्यवस्था गरिएको छ । यस्तै वैदेशिक रोजगारीमा गएका नेपालीबाट सेयर आवेदन लिन सकिने व्यवस्था गरिने भएको छ । जसअनुसार रेमिट्यान्स कम्पनीले सेयर संकलनको एजेन्टको रुपमा काम गर्न पाउने भएका छन् । वैदेशिक रोजगारीमा गएकाले विदेशबाट नै आफनो तथा परिवारको सदस्यको नाममा सेयर खरिदका लागि आवेदन दिन पाउनेछन् । ती आयोजनामा लगानी गर्ने नागरिकलाई १७ प्रतिशतसम्म प्रतिफल दिने लक्ष्य राखिएको छ ।
प्रवद्र्धक कम्पनीले बिक्री प्रबन्धकमार्फत सेयरको सार्वजनिक निष्काशन गर्नेछ र लगानी गर्न इच्छुक व्यक्तिले आश्वा प्रणालीअनुसार आवेदन दिनुपर्नेछ । हरेक कम्पनीको छुट्टाछुट्टै सेयर निष्काशन र आवेदन हुनेछ । सो कार्यक्रममा सहभागी हुनका लागि आवेदकलाई हितग्राही खाता र बैंक खाता भने अनिवार्य गरिएको छ । आगामी ३५ दिनभित्र त्यसको प्रक्रिया शुरु हुने मन्त्रालयले जानकारी दिएको छ । सरकारले नागरिकबाट लिने रकमको ब्याज बैंक तथा वित्तीय संस्था सरह दिने प्रतिबद्धता जनाएको छ ।
सरकाले ३ वर्षमा ३ हजार, ५ वर्षमा ५ हजार र १० वर्षमा १५ हजार मेगावाट बिजुली उ त्पादन गरी प्रतिव्यत्ति ऊर्जा खपत १ हजार ५०० युनिट पुर्याउने भएको छ । यो लक्ष्य पुरा गर्न थप २० खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको छ । यसमध्ये १० खर्ब स्वदेशी पुँजी र बाँकी विदेशी लगानी आवश्यक पर्ने छ ।
जनतालाई जलविद्युतको सेयरधनी बनाउने गरी छनोट गरिएका ३ हजार ४७९ मेगावाटका १९ आयोजना निर्माणका लागि जनताबाट सेयरको रुपमा सो रकम उठाउने भएको हो । प्रतिमेगावाट लगात २० करोड रुपैयाँलाई आधार मान्दा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लाग्ने अनुमान गरिएको छ ।
कुल लगानीको ७० प्रतिशत अर्थात ४ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ ऋण र बाँकी ३० प्रतिशत अर्थात २ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ स्वपुँजी (इक्विटी) लगानी हुने छ । सर्वसाधारणबाट कुल लगानीको ४९ प्रतिशत र ५१ प्रतिशत संस्थापकबाट लगानी हुने भएको छ । साधारण अन्तर्गत १० प्रतिशत आयोजना प्रभावित स्थानीय बासिन्दालाई सुरक्षित गरिएको छ भने ३९ प्रतिशत सर्वसाधारणलाई निष्कासन गरिनेछ ।
आयोजना बनाउन जनताबाट १ खर्ब २ अर्ब २८ करोड रुपैयाँ सेयरको रुपमा उठाइने भएको छ । संस्थापक लगानीकर्ताबाट १ खर्ब ६ अर्ब ४६ करोड रुपैयाँ उठाउने योजना छ । एचआइडिसिएलले तयार गरेको अवधारणापत्रमा ती आयोजनामा ६ खर्ब ९५ अर्ब ८० करोड रुपैयाँ लगानी आवश्यक पर्ने उल्लेख छ । यसमा ४ खर्ब ८७ अर्ब ६ करोड रुपैयाँ ऋण र २ खर्ब ८ अर्ब ७४ करोड रुपैयाँ स्वपुँजी लगानी गर्ने योजना छ । छनौट भएका आयोजनाको प्रतिमेगावाट लागत २० करोड रुपैयाँ अनुमान गरिएको छ ।
कर्मचारी सञ्चय कोष, नागरिक लगानी कोष, एचआइडिसिएल, नेपाल टेलिकम, राष्ट्रिय बिमा संस्थान, नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी र सरकारबाट ऋण उठाउने योजना छ ।
छनोट भएका आयोजनामा अपर अरुण ७२५, इखुवाखोला ३०, किमाथांका अरुण ४८२, घुन्साखोला ७२, सिम्बुवा खोला ७०, अरुण ४ ३७२, तामाकोसी–५ ९९, त्रिशूली ३ बी ३७्, बूढीगण्डकी ग्वारखोला ६०, बूढीगण्डकी प्रोक–१ १००, बूढीगण्डकी प्रोक–२ २४०, बूढीगण्डकी क ७५, भेरीबबई ४८, चैनपुर सेती,२१०, अपर सेती ५०, सेती–३ १६३, फुलकोट कर्णाली रहेका छन् ।