एभरेष्ट बैंकको प्रतिकित्ता २६५ रुपैयाँमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको संस्थापक सेयरले कारोबार रकम बढाएको हो ।
काठमाडौं । साताको अन्तिम दिन २ अर्ब १६ करोड ६५ लाख रुपैयाँको सेयर कारोबार भएको छ । पछिल्लो समयमा यो सबैभन्दा बढी सेयर कारोबार भएको दिन हो । एभरेष्ट बैंकका अध्यक्ष बीके श्रेष्ठले संस्थापक सेयर बिक्री गरेपछि बिहीबार कारोबार रकम अधिक बढेको हो ।
एभरेष्ट बैंकको प्रतिकित्ता २६५ रुपैयाँमा १ अर्ब ९१ करोड ७६ लाख रुपैयाँको सेयर किनबेच भएको छ । एभरेष्ट बैंकको संस्थापक सेयरले कारोबार रकम बढाएको हो । यस्तै अपर तामाकोसी हाइड्रोपावर लिमिटेडको प्रतिकित्ता २२८ रुपैयाँमा १ करोड ५७ लाख ११ हजार रुपैयाँको सेयर किनबेच भएको छ ।
बिहीबार सेयर बजार ८ अंकले घटेको छ । बिहीबार नेप्से परिसुचक घटेर १ हजार ११२ अंकमा सीमिति भएको छ । बुधबार पनि बजार ७ अंकले घटेको थियो ।
बिहीबार सबै परिसूचक घटेको छ । चौतारी लघुवित्त र नेपाल कम्युनिट डेलपमेन्ट बैंकका लगानीकर्ताले कमाएका छन भने नेपाल सेवा लघुवित्त र नाग्दी जलविद्युत कम्पनीका लगानीकर्ताले गुमाएका छन् ।